१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो: गृहमन्त्री लामिछाने



अ+ अ-

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाउनुभएको छ ।

सोमवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले यस्तो आरोप लगाउनुभएको हो । प्रधानमन्त्रीलाई कुनै एक दलले दिएको समर्थन फिर्ता लिएपछि संसदमा विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको भन्दै संसदको विधि अनुसार विश्वासको मत लिँदा समेत काँग्रेसले अवरोध गरेको बताउनु भयो ।

गृहमन्त्री लामिछानेले सरकार व्यक्ति केन्द्रित नभई विषय केन्द्रित भएर सहकारीका समस्या समाधान गर्नतिर लाग्ने बताउनु भयो । उहाँले संसदीय समिति गठन गर्ने र सहकारी ठगलाई कारबाही गर्नुपर्ने माग जाहेज भएको तर व्यक्ति केन्द्रित माग सम्बोधन हुन नसक्ने बताउनु भयो । उहाँले सरकारले सहकारी पीडितहरुको न्यायको लागि दु्रत गतिमा काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले प्रमुख प्रतिपक्षले व्यक्ति केन्द्रित भएर समिति बनाउन नाराबाजी गरे पनि सरकार व्यक्ति केन्द्रित नभई संवेदनशिल र विषय केन्द्रित भएर समस्या समाधान गर्नतिर लाग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीले विश्वासको मतका लागि सरकारमा भएको दलले विश्वासको मत छैन भनेपछि विश्वासको मत दिने सवैधानिक व्यवस्थालाई अवरुद्ध गर्नु लोकतन्त्रको भद्दा मजाक हो । प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने सवैधानिक व्यवस्था हो । एक महिनाभित्र विश्वासको मत लिने कुरा हो । आईतवार प्रतिपक्षले उठाएको प्रश्नको जवाफ दिन उभिएको थिए । गिरीबन्धु जग्गाको विषय विर्सेको होइन । त्यसलाई पनि छानविनमा ल्याउनुपर्छ । कोको सहभागि छन् छानविन गर्नुपर्छ तर हिजो प्रसंग त्यो थिएन। मैले संसदमा के भने त्यसको लागि जिम्मेवार छु । के बुझियो र बुझाइयो त्यसको जिम्मेवार छैन । महिले आरोप लगाएको होइन । प्रतिपक्ष दललाई धमकायको र तर्साएको होइन । विगतमा पत्रपत्रिकाहरुमा मेरो जस्तै आएका समाचारहरुलाई आधार मानेर संसदीय समिति बनाउने हो भनेर उदाहरण दिएको हो । संसदीय समिति गठन गर,सहकारी ठगलाई कारबाही गर म पनि भन्छु । सरकारले सहकारी पीडितहरुको न्यायको लागि दु्रतगतिमा काम गर्छ । प्रमुख प्रतिपक्षले व्यक्तिकेन्द्रित भएर नाराबाजी गरिरहेको छ । हामी व्यक्ति केन्द्रित नभइ सरकारले संवेदनशिल र विषय केन्द्रित भएर समस्या समाधान गर्नतिर लाग्छ ।’

उहाँले आफूले संसदमा बोल्दा प्रतिपक्षका नेताहरुलाई कुनै आरोप लगाउने र धम्काउने काम नगरेको बताउनु भयो ।