५ पुष २०८२, शनिबार
,
Latest
राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा सभामुख पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत भए: काँग्रेस



अ+ अ-

काठमाडौँ । संसद्‌मा सभामुख देवराज घिमिरेको भूमिका पदीय गरिमाअनुकूल नभएको ठहर गरेको छ ।

सोमवार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताएका हुन् ।

उनले भने, प्रतिनिधि सभामा देखापरेको आजको दृश्यले सम्माननीय सभामुखको भुमिका पनि पदीय गरिमा अनुकुल नभएको ठहर गरेका छौँ । सभामुख जस्तो पदमा आसिन व्यक्तिले त्यो मर्यादा र गरिमा राख्नुपर्छ । कुनै एउटा पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत हुने कुरा सभामुखको लागि राम्रो हुँदैन । सभामुखको मर्यादा कायम राख्दै भुमिका खेल्न ध्यानाकर्षण गराएका छौँ ।’

उहाँले सभामुख  घिमिरेले पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत हुनेगरी कारबाही अघि बढाएको बताउनु भयो । उहाँले लोकतन्त्र र संसदीय मूल्य र मान्यता विपरित नजान सरकारलाई चेतावनी दिनुभयो ।