१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा सभामुख पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत भए: काँग्रेस



अ+ अ-

काठमाडौँ । संसद्‌मा सभामुख देवराज घिमिरेको भूमिका पदीय गरिमाअनुकूल नभएको ठहर गरेको छ ।

सोमवार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताएका हुन् ।

उनले भने, प्रतिनिधि सभामा देखापरेको आजको दृश्यले सम्माननीय सभामुखको भुमिका पनि पदीय गरिमा अनुकुल नभएको ठहर गरेका छौँ । सभामुख जस्तो पदमा आसिन व्यक्तिले त्यो मर्यादा र गरिमा राख्नुपर्छ । कुनै एउटा पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत हुने कुरा सभामुखको लागि राम्रो हुँदैन । सभामुखको मर्यादा कायम राख्दै भुमिका खेल्न ध्यानाकर्षण गराएका छौँ ।’

उहाँले सभामुख  घिमिरेले पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत हुनेगरी कारबाही अघि बढाएको बताउनु भयो । उहाँले लोकतन्त्र र संसदीय मूल्य र मान्यता विपरित नजान सरकारलाई चेतावनी दिनुभयो ।