१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेठ महिनाको लागि बैंकहरुले घटाए ब्याजदर



अ+ अ-

काठमाडौं । जेठ महिनाको लागि वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाएको छ ।

व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर जेठ महिनाका लागिऔसतमा ७.०७ प्रतिशत तोकिएको छ । वैशाखको तुलनामा जेठ महिनाको लागि बैंकहरुको ब्याजदर ०.०८ विन्दुले घटको हो । वैशाखमा औसत ब्याजदर ७.१५ प्रतिशत तोकिएको थियो ।

जेठमा ९ बैंकहरुले ब्याजदर घटाएको छ भने ७ बैंकहरुले वैशाखकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ३ बैंकहरुले भने ब्याजदर बढाएका छन् ।

मुद्दती निक्षेपमा ब्याजदर बढाउनेमा एनआइसी एसिया, प्रभु र ग्लोबल आइएमई बैंक रहेका छन् । यस्तै, सबैभन्दा धेरै ब्याजदर दिनेमा एनएमबि बैंक रहेको छ भने सबैभन्दा कम ब्याजदर नेपाल एसबीआई बैंकको रहेको छ ।