२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेठ महिनाको लागि बैंकहरुले घटाए ब्याजदर



अ+ अ-

काठमाडौं । जेठ महिनाको लागि वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाएको छ ।

व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर जेठ महिनाका लागिऔसतमा ७.०७ प्रतिशत तोकिएको छ । वैशाखको तुलनामा जेठ महिनाको लागि बैंकहरुको ब्याजदर ०.०८ विन्दुले घटको हो । वैशाखमा औसत ब्याजदर ७.१५ प्रतिशत तोकिएको थियो ।

जेठमा ९ बैंकहरुले ब्याजदर घटाएको छ भने ७ बैंकहरुले वैशाखकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ३ बैंकहरुले भने ब्याजदर बढाएका छन् ।

मुद्दती निक्षेपमा ब्याजदर बढाउनेमा एनआइसी एसिया, प्रभु र ग्लोबल आइएमई बैंक रहेका छन् । यस्तै, सबैभन्दा धेरै ब्याजदर दिनेमा एनएमबि बैंक रहेको छ भने सबैभन्दा कम ब्याजदर नेपाल एसबीआई बैंकको रहेको छ ।