११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

सधै रक्षात्मक रणनीति अपनाउने नेपालले आक्रामक खेल्न सक्छ भन्ने उदाहरण दिएको छः कप्तान चेम्जोङ

सधै रक्षात्मक रणनीति अपनाउने नेपालले आक्रामक खेल्न सक्छ भन्ने उदाहरण दिएको छः कप्तान चेम्जोङ
अ अ+ अ-

काठमाडौं । कतार विश्वकप छनोट र एसियन कप छनोटमा नेपालले कुवेत भ्रमण गरेर आइतबार साझ नेपाल फर्किएको छ । अघिल्ला भ्रमण भन्दा यो पटकको भ्रमण उपलब्धिमूलक रहेको नेपाली टोलीका कप्तान किरण चेम्जोङले बताएका छन् । काठमाण्डौमा सोमबार न्यूज एजेन्सी नेपाल सँग कुरा गर्दै कप्तान किरण चेम्जोङले विगतमा भन्दा राम्रो प्रदर्शन गरेको नेपाली टोलीका कप्तान किरण चेम्जोङले बताएका छन् । सधै रक्षात्मक रणनीति अपनाउने नेपालले यो भ्रमणमा आक्रामक खेल्न सक्छ भन्ने उदाहरण दिएको कप्तान चेम्जोङले बताए । समूह तालिकाको चौंथो स्थानमा रहँदै कतार विश्वकप छनोट यात्रा समाप्त हुँदा २०२३ चीनमा एसियन कपको झिनो आशा प्लेअफमात्रै बाँकी छ । तटस्थ स्थल कुवेत भ्रमण गरेको नेपालले कोरोना महामारी नेपालमा हुँदैनथ्यो भने नेपालले कुवेत भ्रमण गरेका खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा नेपाल दर्शक माझ खेल्ने थियो । 

कुवेतका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राष्ट्रिय टोली सम्हाले पनि विगतको खेल्ने शैली भन्दा फरक देखियो । साथै प्रशिक्षक अलमुताइरीले नेपाली टोली कुवेत भ्रमण गर्दा बलिया टोलीसँग पनि नेपालले प्रतिस्पर्धात्मक खेल देखाउन सक्छन् भन्ने मानसिकता थपिदिएका छन् ।

कुवेत भ्रमण समग्रमा कस्तो रह्यो?

कुवेतको तीन वटै खेल हेर्दा, टिमले धेरै सकारात्मक खेल देखेको छु । टिममा गएपछि सुधारिएको खेल देखेको छ । सकारात्मक र नकारात्मक दुबै पक्षलाई नियाल्नु पर्छ । सकारात्मक कुराहरुलाई ध्यान दिनु पर्छ । विशेष हामीले हाम्रो बलियो पक्षलाई केलाउँदै अगाडि बढ्नु पर्छ । आउँदा दिनमा सकारात्मक विषयमा विशेष ध्यान दिनु पर्छ । यसरी नै अगाडि बढ्दा नेपालको फुटबल विककासले गति लिन सक्छ । चाइनिज ताइपेइसँगको खेलमा हामीले विगतको नतिजालाई निरन्तरता दिन सक्यौं । जोर्डन र अस्ट्रेलियासँगको खेलमा भने विगतको नतिजालाई क्रमभंग गर्ने लक्ष्य पूरा हुन सकेन । नसक्नुमा हामी कहाँ चुक्यौं । ? पहिलो खेल चाइनिज ताइपेइसँग थियो । ताइपेइको घरेलु मैदानमा खेल्न जाँदा त्यो समयमा टोली निकै बलियो । दोस्रो लेगमा पनि सुखद नतिजा निकाल्न हामी पूर्ण रुपमा तयार थियौं । कुवेत जानु अघि इराक भ्रमण गरेर लिएको उपलब्धिले हाम्रो मनोबल बढ्यो । पहिलो खेल चाइनिज ताइपेइसँग थियो । तयारी राम्रो भएकाले नतिजालाई निरन्तर दिन सक्यौं । भ्रमणमा रहेका कोच र एसिस्टेन्ट कोचले हाम्रो खेललाई राम्रोसँग नियाल्नु भएको थियो । उनीहरुको खेललाई पनि ।  जित्नुको विकल्प हामीलाई थिएन । सोही अनुसार कोचले दिएको निर्देशनलाई खेल अवधि भर पालाना ग¥यौं । पेनाल्टीबाट अग्रतालिएसँगै खेलाडीमा हौसाल मिल्यो । पछि दोस्रो गोल पनि निश्कयो । बलमा पकड  जमाउँदै दबाब दिएर खेल्यौं । राम्रो खेल्यौं । दोस्रो खेल जोर्डन खेल उसैको मैदानमा खेलेका थियौ । टफ म्याच थियो । पहिलो खेलमा गोलको मार्जिन धेरै लागेको थियो । पहिलो खेलमा पेनाल्टीबाट हामी पछि परेका थियो । दोस्रो लेगमा पनि सोही अवस्था भयो । नचाहँदा नचाहँदै गल्ती भयो । मानवीय त्रुटि र फुटबलको पाटो हो । ोर्डनसँगको खेलमा पनि पुरानो गल्ती भयो । सामान्य गल्तीले खेल गुमाउन पुग्यो । सुधारको प्रयास गरे पनि अलमलमा प¥यौं । यद्यपि जोर्डनसँगका कमजोर पक्ष केलाउँदै खेल्ने प्रयास गरे पनि सफल हुन सकेनौं । अंक खोस्ने लक्ष्यका साथ मैदान उत्रिएका थियौं । ३–० ले नै हार्ने सोच थिएन तर खेलमा सोही नतिजा दोहोरियो । समग्रमा प्रदर्शनले राम्रा गरेका हौं ।

एसियाली पावर हावस र विश्वकपको अनुभव लिएको अस्ट्रेलियासँगको खेललाई कसरी नियाल्नु भयो त?

अस्ट्रेलियासँग पहिलो लेग नै टप टोली र खेलाडीसँग खेल्न पाउनु हाम्रो लागि मौका रह्यो । पहिलो खेल भन्दा दोस्रो लेग फरक थियो । पहिलो  लेगमा फिल्ड सेयर गर्न पाउनु हामीलाई उपलब्धिमूलक थियो । पहिलोमा हामी अनुभव बटुल्ने लक्ष्यमा थियौं भने दोस्रो लेगमा प्रतिस्पर्धात्मक फुटबल खेल्ने  लक्ष्य राखेका थियौं । सोही अनुसार तयारी पनि गरेका थियौं । पहिलो हाफमा १० खेलाडीमा सिमित भए पनि सम्रग टोली एक बनेर बनेर खेल प्रदर्शन गर्न सफल भयौं । वान म्यान डाउनमा पनि हामीले बलियो अस्ट्रेलियालाई रोक्यौं । अस्ट्रेलियासँगको खेलमा टिम मेट्सले गरेको प्रदर्शनमा निकै सन्तुष्ट छु । तारिफ गर्न चाहन्छु । देशका लागि मरेर खेलेका थिए । तारिफ योग्य खेल रह्यो । राम्रो खेले । अस्ट्रेलियासँगको दोस्रो लेग पनि राम्रो भयो । सुखद नै मान्नु पर्छ ।  एसियाको पावर हाउससँग खेल्न पाउँदा हाम्रो लागि अनुभव भयो । आउँदा दिनमा अब अन्य एसियाका पावर हाउससँग खेल्नु पर्छ र पाउँ भन्ने हाम्रो अपेक्षा छ । कोरिया, जापान, इरान जस्ता टोलीसँग खेल्न पाउँ । नतिजा जे होला केही फरक पर्दैन । पहिलो खेल गुमाए पनि दोस्रो खेलमा सुधारका अवसर पाउँछौं । यसरी आउँदा दिनमा बलियो  टोलीसँग खेल्न पाउँदा नेपाली  फुटबलको स्तर सुधारिन्छ भन्ने मेरो विश्वास छ । जितका लागि  खेल्नु भन्दा पनि अनुभवलाई यस्ता खेलले सुधारका लागि धेरै सहयोग गर्छ । सधै हार्छ भन्ने आंकलन भए पनि नेपालले पनि प्रतिस्पर्धात्मक फुटबल खेल्न सक्छ भन्ने सन्देश विश्व भर जान्छ । ठूलो अन्तरले हारेको भए पनि दोस्रो पटक आमने सामने हुने अवसर पाउँदा सुधारिएको खेल देखायो भन्ने सन्देश दिन सक्छौ भन्ने अस्ट्रेलियासँगको खेलले प्रमाणित गरेको छ । अस्ट्रेलियाको प्रशिक्षकले पनि हाम्रो खेलको तारिफ गरेका छन् । अब यस्तै बलियो अस्ट्रेलियासँग आउँदा दिनमा पनि खेल्न पाए स्कोर गर्न सकिन्छ भन्ने विश्वास छ । समग्रमा अन्तिम खेल पनि राम्रो मान्छु ।

छोटो समय टोलीलाई सम्हालेका प्रशिक्षक अल्मुताइरीको रणनीति भ्रमणमा सफल भएको हो ? अनि यस्तो सम्भव कसरी भयो ?

कोचले मात्र सम्भव हुँदैन । टोलीले युनाइटेड खेल देखाउँदा नतिजा निक्लने हो । कोचको निर्देशनले धेरै अर्थ राख्छ । नयाँ कोचले वे देखाउने हो । नेपाली टोलीलाई सम्हाल्नु भएका नयाँ प्रशिक्षक अबदुल्लाहले सबै खेलाडीको माइन्डमा ‘वि क्यान प्ले फुटबल’  भरिदिनु भएको छ । यस्तो वातावरण सबै खेलाडीको दिमागमा राख्दिनु भएको छ । जति बलियो प्रतिद्वन्द्वी भए पनि हामीले फुटबल खेल्न सक्छौं भन्ने मानसिकता भरदीनु भएको छ ।  नतिजा जे पनि एट्याकिङ फुटबल खेल्नु पर्छ  ।  उहाँको प्रेरणाले नयाँ खेलाडीमा प्रतिस्पर्धात्मक खेल खेल्न सक्छौ भन्ने मानसिकता विकास भएको छ । युवा  खेलाडीमा यस्तो मनसिकता परेको छ । अन पिच अफ पिचमा सबै खेलाडीलाई मोटीभेसन दिन सक्नु भएको छ । नयाँ खेलाडीमा फाइटिङ स्प्रिट विकास भएको छ । प्रशिक्षको मात्र भन्दा पनि समग्र टिमको प्रदर्शन रह्यो । प्रशिक्षकको योजना फुटबललाई एक स्टेप माथि लग्ने लक्ष्य रहेको छ । सोही अनुसार उहाँले परिक्षण गर्नु भएको छ । त्यसका लागि हामीले उहाँलाई साथ दिएका छौं । सोही अनुसार हामीले पालना गरेका छौ ।

विगतको भन्दा फरक शैलिको फुटबल प्रदर्शन गरेको नेपालले एट्याकिङ फुटबल खेलेको छ । युवा खेलाडी र पाका खेलाडी पनि टोलीमा रहेका छन । आउँदा दिनमा नेपाली टोलीले कुवेत भ्रमणमा गरेको प्रदर्शनलाई निरन्तरता दिन कस्तो किसिमको योजना आवश्यक छ ?

खेलाडीहरु वर्ष भरिनै व्यस्त हुनु प¥यो । व्यस्त तालिका पनि हुनु पर्छ । शीर्ष डिभिजनका लिगहरु निरन्तर हुनु प¥यो । पहिलो पटक फ्रेन्चाईज फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सम्पन्न एनएसलले खेलाडीमा राम्रो सन्देश दिएको छ । खेलाडीलाई एनएसएल राम्रो भएको छ । यस्ता प्रतियोगिताले नेपाली खेलाडीलाई ब्यस्त र अवसर खेज्नका लागि निकै मद्दत गरेको छ । लिग हरु लामो समय सम्म हुनु पर्छ । व्यवसयिक हिसाबले लिगहरु सञ्चालन हुनु पर्छ । राष्ट्रिय खेलाडीलाई अन्तर्राष्ट्रिय भ्रमण गराएर ब्यस्त गराउनु पर्छ । फुटबल खेलाडीलाई फुटबलमा नै व्यस्त बनाउनु पर्छ । हामी भन्दा माथिल्ले र तल्लो स्तरको देशहरुसँग बारम्बार मैत्रिपूर्ण खेल धेरै भन्दा धेरै मिलाएर खेलाडीलाई धेरै अनुभव दिनु पर्छ । सबै भन्दा ठूलो कुरा खेलाडीलाई व्यस्त राख्नु पर्छ । खेलाडीलाई फुर्सद हुने किसिमको वातारण भन्दा पनि व्यस्त बनाउँदै फुटबल मात्र सोच्न वातारण जरुरी छ । यसले गर्दा नेपाली फुटबलको नतिजा राम्रो हुन्छ । खेलाडीका लागि पनि यस्ता योजनाले हौसला मिल्छ । ठूलो टोलीसँगको पटक पटक खेल्न पायौं भने अवस्य नै हामीले सुधाएिको खेल देखाउँन सक्छौं । कमी कमजोरीहरुलाई नियाल्न सक्छौ । अनुभव हुन्छ, पहिलो, दोस्रो अनि तेस्रो खेलमा सुधार अवस्य देखिन्छ । यसरी नै फुटबल सुधार गर्न सकिन्छ । नेपालको तुलनामा विदेश तिर लामो समय सम्म लिग सञ्चालन हुन्छ । एन्फा र नेपाल सकरकारले खेलाडीलाई व्यस्त बनाइराख्ने तालिका बनाउनु पर्छ । बलियो टोलीसँग पटक पटक मैत्रिपूर्ण खेल खेल्दै कमी कमजोरी सुधारदै समग्र खेल सुधारको बाटो अंगाल्न सकिन्छ । समग्रमा भन्नु पर्दा खेलाडीलाई व्यस्त राख्नु पर्छ,  अन्तर्राष्ट्रिय भ्रमण गराउँदै टोलीलाई अनुभव बटुल्ने मौका दिनु पर्छ । ठूलो क्लब, लिग खेल्ने क्लब देखी माथिल्लो स्तरको टोलीसँग खेल्ने अवसर धेरे भन्दा धेरै हुनु पर्छ ।  यस्ता खेलले युवा खेलाडीलाई राम्रा अनुभव हुन्छ र हौसाल पनि मिल्छ । यस्तै यस्तै विषयमा ध्यान दिइयो भने नेपाली फुटबलले विकासको गति छिटै लिन्छ । विकास गर्न मद्दत गर्दछ ।