• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न गृहमन्त्रालयले बनायो छानविन समिति ★   दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा ★   पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला ★   अझै तीन दिन पानी पर्ने, आज चट्याङको सम्भावना ★   शुक्रबार सन्तोषी माता, वैभवलक्ष्मी र शुक्र भगवानको पूजा–आराधना गर्नुहोस् ★   सत्ताका गाँठागुठीमा साना दलको च्याँखे दाउ ★   राजस्थानको लगातार दोस्रोे जित, दिल्लीलाई १२ रनले हरायो ★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण 

उद्योग उकास्न सरकारलाई सहयोग गर्नुस, भागेर हुँदैनः मन्त्री रिजाल



काठमाडौँ १७ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले उद्योग क्षेत्रमा संकट आउन नदिन उद्योगीहरुको सहयोगको आवश्यकता रहेको बताउनु भएको छ ।

आईतबार मन्त्रालयमा मन्त्री रिजाललाई अध्यक्ष पवन गोल्यान नेतृत्व बैंक तथा बित्तिय संस्था परीसंघको टोलिले भेट गरेको थियो ।

भेटका क्रममा मन्त्री रिजाललाई परीसंघ टोलिले उधोग क्षेत्रमा रहेको बिभिन्न समस्याको बारेमा जानकारी गराएको थियो । बैंकिङ जस्ता क्षेत्रमा धेरै पैसा लक भएको भन्दै मन्त्री रिजाललाई त्यस्तो रकम रिलिज गर्न पहल गरीदिन आग्रह गर्दै परिसंघ टोलिले उक्त रकम उधोग क्षेत्रमा भित्र्याउनु पर्नेमा जोड दिएको थियो ।

मन्त्री रिजालले उद्योग क्षेत्रमा देखिएको समस्या समाधानका लागि तथा आउन सक्ने संकटबाट उधोग क्षेत्रलाई बचाउँका लागि सरकारलाई उद्योगीहरुको साथ र सहयोगको आवश्यकता रहने बताउनु भयो । मन्त्री रिजालले भन्नु भयोः ‘सरकारलाई दोष दिदै भाग्ने हैन, आएर सहयोग गर्नुस् ।’