११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

नुवाकोटका स्वास्थ्य चौकीमा अक्सिजन कन्सनट्रेटरसहितको स्वास्थ्य सामग्री हस्तान्तरण (तस्बीरहरु)

नुवाकोटका स्वास्थ्य चौकीमा अक्सिजन कन्सनट्रेटरसहितको स्वास्थ्य सामग्री हस्तान्तरण (तस्बीरहरु)
अ अ+ अ-

काठमाडौं । यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टले नुवाकोट जिल्लाका स्थानीयत तह तथा स्वास्थ्य चौकीमा २३ वटा अक्सिजन कन्सनट्रेटरसहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ट्रष्टले सोमबार नुवाकोट जिल्लाका स्थानीय जनप्रतिनिधी तथा स्वास्थ्य संस्थाका प्रतिनिधिलाई अक्सिजन कन्सनट्रेटर, मास्क, पिपिई, सेनीटाइजर लगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । 

अमेरिकन मेडिकल, फाउन्डेशन, नेपाल चिकित्सक संघ र दिपक केसीको सहयोगमा प्राप्त भएको स्वास्थ्य सामग्रीमा यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टले थप गरी नुवाकोटको स्थानीय तहलाई दिइएको ट्रष्टका अध्यक्ष डा. केदार नरसिंह केसीले जानकारी दिनुभयो । कोभिड १९ सँग लड्नका लागि आवश्यकता अनुसार अन्य स्वास्थ्य सामग्रीहरुपनि हस्तान्तरण गरिदैँ जाने उहाँले बताउनुभयो ।

ट्रष्टले दुप्चेश्वर गाउँपालिकालाई अक्सिजन कन्सनट्रेटर ४ थान, मास्क एक हजार थान, पिपिइ १५ थान र एन९५ १०० थान, बेलकोटगढी नगरपालिकालाई अक्सिजन कन्सनट्रेटर ६ थान, मास्क पाँच हजार थान, सुर्यगडी गाउँपालिकालाई अक्सिजन कन्सनट्रेटर ३ थान, मास्क १ हजार पाँच सय थान र  तारकेश्वर गाउँपालिकालाई अक्सिजन कन्सनट्रेटर ३ थान, मास्क ५ हजार थान दिएको छ । त्यसैगरी किस्पाङ गाउँपालिकालाई अक्सिजन कन्सनट्रेटर ३ थान, मास्क ५ हजार थान, म्यागङ गाउँपालिकालाई अक्सिजन कन्सनट्रेटर ३ थान, मास्क ६ हजार थान, सेनिटाइजर १० लिटर, पिपिइ २२ थान, तादि गाउँपालिकालाई अक्सिजन कन्सनट्रेटर १ थान, मास्क २ हजार थान, पिपिइ ५ थान हस्तान्तरण गरेको छ ।

ट्रष्टले त्रिशुली अस्पतालमा मास्क ५ हजार थान, एन९५ २०० थान, सेनिटाइजर २० लिटर, आइसियु बेड २ थान, देउराली स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिण्डर ५ थान, मास्क ४ हजार पाँच सय थान, एन९५ १५० थान र सेनिटाइजर १० लिटर, खरानीटार स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिण्डर ५ थान, मास्क २ हजार पाँच सय थान, एन९५ १५० थान, सेनिटाइजर ५० थान, ककनी स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिण्डर ५ थान र नेपाल आर्मि त्रिशुलीलाई शव व्यवस्थापनको प्रयोजनार्थ आइसियुमा प्रयोग हुने चस्मा ४५ थान दिईएको जनाएको छ । ट्रष्टका संरक्षक अर्जुन नरसिंह केसीले उपलब्ध गराईको स्वास्थ्य सामग्री सही ठाउँमा प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले विगतमा पनि ट्रष्टले अप्ठ्यारो परिस्थितिमा नुवाकोटका जनतालाई सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तालाई आवश्यक पर्ने सामग्रीहरु हस्तान्तरण गरिएको बताएको छ । ट्रष्टले गरेको स्वास्थ्य सामग्री वितरणलाई केहीले सामाजिक सञ्जालमार्फत् अर्नगल प्रचार गरिराखेको भन्दै ट्रष्टले मानविय सेवा भावका साथ सहयोग गरिरहेको जनाएको छ । ट्रष्टले गरेको सेवा भावलाई राजनीतिक रंग नदिन पनि ट्रष्टले आग्रह गरेको छ ।