११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

विपद व्यवस्थापनको पूर्व तयारीमा तिनवटै सुरक्षा निकाय, के छ तयारी ?( भिडियो सहित)

विपद व्यवस्थापनको पूर्व तयारीमा तिनवटै सुरक्षा निकाय, के छ तयारी ?( भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । मनसुनमा आइपर्ने बाढी, पहिरो तथा डुबान लगायतका विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको तिनवटै सुरक्षा निकायले बताएका छन् । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रवक्ताहरुले यस वर्ष अघिल्लो वर्षको तुलनामा विपदका घटना बढ्ने जानकारी प्राप्त भएकाले व्यवस्थापनका लागि पूर्ण रुपमा तयारी अवस्थामा रहेको बताएका बताउनुभएको छ । पूर्वतयारी, उद्दार, पुर्नस्थापना तथा राहतको काममा आफ्नो संयन्त्रलाई तयारी गरिएको बताउनुभयो ।

नेपाली सेना
नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौड्यालले सेनाले विपद प्रतिकार्य योजना तयार पारेर काम शुरु गरिसकेको बताउनुभयो । विपदको घटना घट्ने ठाउँको नक्साङ्कन गरी आवश्यक जनशक्तिलाई तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । ७७ वटै जिल्लामा भएका गण तथा गुल्महरुबाट १ तिहाईको जनशक्ति फौजलाई विपद व्यवस्थापनको लागि तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।

खतरायुक्त स्थानमा सेनासँग भएको आवश्यक स्रोत साधन सहित दक्ष जनशक्ति परिचालन गरिने उहाँले बताउनुभयो । नेपाल सेनासँग तालिमप्राप्त दुईवटा विशेष युनिट भएको उल्लेख गर्दै उहाँले ति युनिटलाई विपतको समयमा परिचालन गरिने जानकारी दिनुभयो । जलसम्बन्धी उद्दारका लागि २०० वटा वोटहरु तयारी अवस्थामा राखिएको पनि उहाँले बताउनुभयो । विपदको समयमा आइपर्ने अत्यावश्यक सामग्रीहरु ओसार–पसार गर्न तथा उद्दार गर्नका लागि पश्चिममा सुर्खेतमा र पूर्वमा इटहरी वा विराटनगरमा हवाइ साधन तयारी अवस्थामा राख्ने पनि प्रवक्ता पौड्यालले बताउनुभयो ।

विपद प्रतिकार्यका लागि नेपाली सेनाले गृह मन्त्रालय, विपद व्यवस्थापन प्राधिकरण लगायत सरोकारवाला विभिन्न निकायहरुसँग समन्वयमा काम गरिरहेको पनि उहाँको भनाई छ । नेपाली सेनालाई उद्दारमा जाँदा कोभिड–१९ संक्रमणको जोखिम रहेकाले काममा जाँदा स्वास्थ्य सम्बन्धी प्रोटोकल अपनाउन प्रयास गर्ने पनि उहाँले बताउनुभयो । साथै सेनालाई कोभिड – १९ विरुद्धको खोपमा पनि जोड दिने उहाँले बताउनुभयो । हालसम्म नेपाली सेनाका ५० हजार जवानले खोपको पहिलो मात्रा र २७ हजार जवानले खोपको दोस्रो मात्रा लगाइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

 

नेपाल प्रहरी
नेपाल प्रहरीका प्रवक्ता बसन्त बहादुर कुँवरले विपतको प्रतिकार्य गर्न नेपाल प्रहरीको माथिदेखि तलसम्मको संरचना सक्रिय भइसकेको बताउनुभयो । प्रहरीले केन्द्रका विभिन्न निकाय र स्थानीय तहको विभिन्न निकाय तथा सरोकारवालासँग समन्वय गरेर काम अगाडी बढाइसकिएको उहाँले जानकारी दिनुभयो । विपतको समयमा प्रहरी संगठन भित्र रहेको साधन, स्रोतलाई अधिकत प्रयोग गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको बताउनुभयो । स्थानीय स्तरमा प्रहरी सरोकारवाला निकायहरु सँग समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो । मुख्य तथा सहायक राजमार्गहरुलाई अवरुद्ध हुन नदिन प्रहरीले ध्यान केन्द्रीत गरेको पनि प्रवक्ता कुँवरले बताउनुभयो । 

सशस्त्र प्रहरी वल
त्यसैगरी सशस्त्र प्रहरी बलले पनि विपतको प्रतिकार्य गर्न आफ्नो तयारी पुरा भएको बताएको छ । सशस्त्र प्रहरी वलका प्रवक्ता राजु अर्यालले पूर्व तयारीका सम्पूर्ण काम पुरा गरीसकेको जानकारी दिनुभयो । केन्द्रीय कार्यालयबाट परिपत्र गरेर सबै युनिटलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको उहाँले बताउनुभयो । खतरायुक्त ठाउँको नक्साङ्कन गरेर बाढी, पहिरो, डुबान के को जोखिम हो त्यसै अनुसार जनशक्ति परिचालन गरीएको उहाँले स्पष्ट पार्नुभयो ।

सशस्त्रमा विपत व्यवस्थापनको तालिम लिएको जनशक्ति १९१८ जना रहेको भन्दै उहाँले सो जनशक्तिलाई प्रत्येक प्रदेशमा एक-एक समुह, उपत्यकामा दुईवटा र विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा दुईवटा गरी १० वटा समुह परिचालन गरिने उहाँले बताउनुभयो । त्यसको अलावा उपत्यकासहितका ८ वटा बाहिनी, गण, गुल्म, विओपी स्तर र अन्य बेसहरुमा पनि विपद व्यवस्थापनको लागि समुह तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो । तालिमप्राप्त ३७ जना गोताखोरलाई पनि तयारी अवस्थामा राखिएको उहाँको भनाई छ ।

डुवानको अबस्थामा उद्दारका लागि ७० वटा वोटहरु तयारी अवस्थामा राखिएको र पहिरोका कारण राजमार्ग अवरुद्ध भएको खण्डमा अवरोध हटाउनको लागि १३ वटा हेभि इक्युपमेन्टहरु परिचालन गरिसकिएको उहाँले बताउनुभयो । राजमार्ग अवरुद्ध भएर आपूर्तिमा असहजता हुनसक्ने कुरालाई ध्यानमा राख्दै पेट्रोल पम्पमा पेट्रोल, डिजेल भण्डारण पनि गरिएको उहाँले सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालले जानकारी दिनुभयो ।