२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्लो ओभर’ गराएको आरोपमा आरसीबीका कप्तान डु प्लेलिसलाई १२ लाख जरीवाना



अ+ अ-

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान फाफ डु प्लेसिसलाई लखनउ सुपरजाइन्ट्सविरुद्धको खेलमा स्लो ओभर रेट गरेको भन्दै १२ लाख भारु जरिवाना गरिएको छ । यो सिजन आईपीएलको आचार संहिताको आरसीबीले पहिलो पटक उल्लंघन गरेको हो ।

लखनऊ सुपरजाइन्ट्सका आवेश खानलाई पनि आचारसंहिता उल्लङ्घन गरेकोमा चेतावनी दिइएको थियो । तर उनले आफ्नो गल्ती स्वीकार गरे ।

ओभर रेट भनेको बलिङ पक्षले एक घण्टामा गरेको ओभरको औसत संख्या हो । आईसीसीको नियमअनुसार एकदिवसीय र टी–२० खेलमा एक घण्टामा १४.१ ओभर र टेस्टमा १४.२ ओभर बलिङ गर्नुपर्छ । एकदिवसीयमा, बलिङ पक्षलाई ५० ओभर बलिङ गर्न कुल ३.५ घण्टा दिइएको छ । त्यसैगरी, टी–२० खेलमा टोलीले एक घण्टा २५ मिनेटमा इनिङ्स पूरा गर्नुपर्ने हुन्छ ।

तर, कुनै कारण खेल लम्बिने अवस्थामा अर्थात् चोटपटक, डएआरएस समीक्षा, बल हरायो वा कुनै अप्रत्याशित घटनाको कारणले गर्दा खेल ढिलो वा अवरोध हुने अवस्थामा इनिङ्सको लागि अन्तिम समय पुनः हेरफेर गरिनेछ भने म्याच अधिकारीहरूद्वारा फिल्डिङ टोली र ब्याटर्सलाई सूचित गरिनेछ ।

यो पनिः पुरनले १९ बलमा ६२ रन जोडेपछि लखनउको बैंगलोरविरुद्ध रोमाञ्चक जित