६ आश्विन २०८१, आईतवार
,
Latest
नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्लो ओभर’ गराएको आरोपमा आरसीबीका कप्तान डु प्लेलिसलाई १२ लाख जरीवाना



अ+ अ-

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान फाफ डु प्लेसिसलाई लखनउ सुपरजाइन्ट्सविरुद्धको खेलमा स्लो ओभर रेट गरेको भन्दै १२ लाख भारु जरिवाना गरिएको छ । यो सिजन आईपीएलको आचार संहिताको आरसीबीले पहिलो पटक उल्लंघन गरेको हो ।

लखनऊ सुपरजाइन्ट्सका आवेश खानलाई पनि आचारसंहिता उल्लङ्घन गरेकोमा चेतावनी दिइएको थियो । तर उनले आफ्नो गल्ती स्वीकार गरे ।

ओभर रेट भनेको बलिङ पक्षले एक घण्टामा गरेको ओभरको औसत संख्या हो । आईसीसीको नियमअनुसार एकदिवसीय र टी–२० खेलमा एक घण्टामा १४.१ ओभर र टेस्टमा १४.२ ओभर बलिङ गर्नुपर्छ । एकदिवसीयमा, बलिङ पक्षलाई ५० ओभर बलिङ गर्न कुल ३.५ घण्टा दिइएको छ । त्यसैगरी, टी–२० खेलमा टोलीले एक घण्टा २५ मिनेटमा इनिङ्स पूरा गर्नुपर्ने हुन्छ ।

तर, कुनै कारण खेल लम्बिने अवस्थामा अर्थात् चोटपटक, डएआरएस समीक्षा, बल हरायो वा कुनै अप्रत्याशित घटनाको कारणले गर्दा खेल ढिलो वा अवरोध हुने अवस्थामा इनिङ्सको लागि अन्तिम समय पुनः हेरफेर गरिनेछ भने म्याच अधिकारीहरूद्वारा फिल्डिङ टोली र ब्याटर्सलाई सूचित गरिनेछ ।

यो पनिः पुरनले १९ बलमा ६२ रन जोडेपछि लखनउको बैंगलोरविरुद्ध रोमाञ्चक जित