६ आश्विन २०८१, आईतवार
,
Latest
नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरनले १९ बलमा ६२ रन जोडेपछि लखनउको बैंगलोरविरुद्ध रोमाञ्चक जित



अ+ अ-

काठमाडौँ । निकोलस पुरनको सिजनको सबैभन्दा छिटो अर्धशतक र मार्कस स्टोइनिसको विस्फोटक इनिङ्सको आधारमा लखनऊ सुपरजायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)–१६ को सबैभन्दा रोमाञ्चक खेल जितेको छ । टोलीले रोयल च्यालेन्जर्स बैंग्लोरलाई एक विकेटले पराजित गरेको हो ।

यो खेलको बिशेषता यो थियो कि अन्तिम बल सम्म कसैलाई थाहा थिएन कसले खेल जित्छ भनेर । खेलको अन्तिम ओभर नाटकीय थियो । यसमा लखनउलाई ५ रन चाहिएको थियो तर हर्षल पटेलको बलिङले सुपरजाइन्ट्सका ब्याट्सम्यानलाई अन्तिम बलसम्म बाँधेर राखेको थियो ।

२१३ रनको लक्ष्य पछ्याउँदै लखनउका विकेटकीपर निकोलस पुरनले १५ बलमा सिजनकै सबैभन्दा छिटो अर्धशतक बनाएका थिए । यसअघि मार्कस स्टोइनिसले ३० बलमा ६५ रनको विस्फोटक इनिङ खेलेका थिए । टोलीले २० औं ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि बैंगलोरका ब्याट्सम्यानले पनि विस्फोटक ब्याटिङ गरेका थिए । विराट कोहलीले ६१ रन बनाएपछि फाफ डु प्लेसिसले ७९ र ग्लेन म्याक्सवेलले ५९ रन बनाए । तीनै ब्याट्सम्यानले आफ्नो टिमको स्कोर २० ओभरमा २१२ रनमा पुर्याए ।

लखनउका विकेटकिपर ब्याट्सम्यान निकोलस पुरनले सिजनको सबैभन्दा छिटो अर्धशतक बनाए । उनले १५ बलमा आफ्नो अर्धशतक पूरा गरे । यो उनको ५ औं अर्धशतक हो । पुरन ३२६.३२ को स्ट्राइक रेटमा १९ बलमा ६२ रन बनाएर आउट भए । पूरनको इनिङ्समा ४ चौका र ७ छक्का समावेश थियो ।

यस्तै, स्टोइनिसले करियरको पाँचौं अर्धशतक बनाए । उनले ३० बलमा ६५ रनको इनिङ खेले । स्टोइनिसले २१६.६७ को स्ट्राइक रेटमा रन बनाए । स्टोइनिसको इनिङ्समा ६ चौका र ५ छक्का समावेश थियो । निकोलस पुरन र आयुष बडोनीले ३५ बलमा ८४ रनको साझेदारी गरे । दुबैले २० बलमा अर्धशतकीय साझेदारी पुरा गरे ।

२१३ रनको लक्ष्य पछ्याएको लखनउको टोलीलाई बेंगलोरका फास्ट बलरहरूले सुरुवाती झट्का दिए । पहिलो ओभरमा मोहम्मद सिराजले काइल मेयर्सलाई बोल्ड गरे । त्यसपछि वेन पार्नेलले हुड्डा र क्रुणाल पाण्डेलाई आउट पारे । टोलीले २३ रनमा तीन विकेट गुमाएको थियो । पावरप्लेमा टोलीका ब्याट्सम्यानले ३ विकेटमा ३७ रन मात्र जोड्न सकेका थिए ।

बेंगलोरको एम चिन्नास्वामी स्टेडियममा सोमबार राति सम्पन्न खेलमा लखनउले टस जितेर बलिङ रोजेको थियो । सुस्त सुरुवात गरेको टोलीले २० ओभरमा २ विकेट गुमाएर २१२ रन बनाएको थियो । बैंगलोरले २३ औं पटक २००ं स्कोर गरेको हो । धोनीको कप्तानीमा रहेको चेन्नईले मात्रै २४ पटक २०० रनको आँकडा पार गरेको छ ।

कप्तान फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेलले शतकीय साझेदारी गरे । डु प्लेसिसले ४६ बलमा ७९ र विराट कोहलीले ४४ बलमा ६१ रन बनाए । ग्लेन म्याक्सवेल २९ बलमा ५९ रन बनाएर आउट भए । लखनउका अमित मिश्रा र मार्क वुडले १–१ विकेट लिए । दिनेश कार्तिक एक रन बनाएर नटआउट रहे ।

विराट कोहली आउट भएपछि ग्लेन म्याक्सवेलले आक्रामक ब्याटिङ गरेका थिए । उनले फाफ डु प्लेसिसको साथ पाएपछि १९ औं ओभरमा उनीहरुले टोलीको स्कोर २०० रनमा पुर्याएका थिए । दुवैले मिलेर ४२ बलमा शतकीय साझेदारी गरे । म्याक्सवेल २० औं ओभरमा आउट भए । दुवैले ५० बलमा ११५ रन जोडे । म्याक्सवेलले १९ औं ओभरमा लगातार छक्का प्रहार गर्दै २४ बलमा आफ्नो अर्धशतक पूरा गरे । म्याक्सवेल २९ बलमा ५९ रन बनाएर मार्क वुडबाट बोल्ड भए ।

पावरप्लेमा विराट कोहली र फाफ डु प्लेसिसले धमाकेदार सुरुवात गरेका थिए । उनीहरुले ६९ बलमा ९६ रनको साझेदारी गरेका थिए । कोहली ६१ रन बनाएर अमित मिश्रको शिकार बनेपछि यो साझेदारी टुट्यो । विराटले ३५ बलमा आफ्नो अर्धशतक पूरा गरेका छन् । यो सिजनको तेस्रो खेलमा उनको यो दोस्रो अर्धशतक हो । यसअघि उनले मुम्बईविरुद्ध पनि अर्धशतक बनाएका थिए । लखनउविरुद्धको पावरप्लेमा कोहलीले ४२ रन बनाएका थिए । विराट ४४ बलमा ६१ रन बनाएर अमित मिश्राको बलमा क्याच आउट भए ।

आजको खेलः दिल्ली क्यापिटल्स भर्सेस मुम्बई इन्डियन्स, साँझ ७ः४५ बजे