५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्बावेमा हुने विश्वकप छनोटमा डीआरएस नहुने



फाईल फोटो
अ+ अ-

काठमाडौं । आगामी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस)नहुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जिम्बावेमा हुने विश्वकप छनोटमा डीआरएस नहुने स्पष्ट पारेको छ । तर, तेस्रो अम्पायरको निगरानीमा भने रनआउट हुने पुष्टि गरेको छ ।

डिआरएस मार्फत मैदानमा रहेका अम्पायरहरूले तेस्रो अम्पायरसँग ( रिभ्यू) परामर्श गर्न सक्छन् । यस्तै, खेलाडीहरूले पनि तेस्रो अम्पायरसँग मैदानमा रहेका अम्पायरहरूको निर्णयमा (प्लेयर रिभ्यू) विचार गर्न अनुरोध गर्न सक्छन्।

२०१८ को विश्वकप छनोटमा पनि डीआरएस उपलब्ध थिएन । जिम्बावेमा भएको छनोटमा ३४ खेलमध्ये १० मा मात्रै थर्ड अम्पायरको प्रयोग गरिएको थियो। यद्यपी, यस वर्ष सर्वोच्च क्रिकेट नियन्त्रण निकायले सबै खेलका लागि तेस्रो अम्पायर समावेश गर्ने बताएको छ । तर, अल्ट्राएज वा बल ट्र्याकिङ जस्ता अन्य कुनै पनि समीक्षा प्रविधि उपलब्ध हुने छैन।

आगामी जुन १८ तारिखबाट सुरु हुने विश्वकप छनोटमा नौ टोलिले स्थान पक्का गरिसकेका छन् । जसमा श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, नेदरल्यान्ड्स, नेपाल, ओमान, स्कटल्यान्ड, युएई र अमेरिका रहेका छन् ।

श्रीलंका, वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स सुपर लिगबाट पुछारमा रहँदै विश्वकप छनोटमा पुगेका हुन् । अब सुपर लिगबाट आयरल्यान्ड र दक्षिण अफ्रिका मध्ये एक टोली विश्वकप छनोटमा आउनेछन् । यस्तै, लिग टू बाट स्कटल्यान्ड शीर्ष, ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगेका थिए ।

त्यसैगरी, प्लेअफबाट अमेरिका शीर्ष र युएई दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका हुन् ।

विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच टोली, लिग टू का शीर्ष तीन र छनोट प्लेअफका शीर्ष दुई टोली गरि कुल १० टोलीले खेल्नेछन् । विश्वकप छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट हरेक समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्सबाट शीर्ष दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप खेल्नेछन् ।

सुपर लिगमा रहेका आयोजक भारतसहित शीर्ष ७ टोलीले विश्वकपमा स्थान बनाईसकेका छन् । अब दक्षिण अफ्रिका र आयरल्यान्ड मध्ये एक टोली सोझै विश्वकपमा पुग्दा एक टोलीले छनोट खेल्नु पर्ने हुन्छ ।