२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको मयामी सहरमा १२ तले भवन भत्किँदा दर्जनौं बेपत्ता



अ+ अ-

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यको मयामी सहर नजिक पर्ने एक १२ तले भवन भत्किँदा ठुलो क्षति भएको छ । एकको मृतक शरिर भटिएको छ भने दर्जनौं सम्पर्कविहीन भएका छन् । 

मयामीको उत्तरमा पर्ने सर्फसाइड क्षेत्रको सन् १९८० मा बनेको सो सो भवनमा २३० वटा फ्ल्याट रहेपनि भवन भित्र कति जना थिए भन्ने खुल्न सकेको छैन् । 

३५ जनालाई घटनास्थलबाट उद्धार गरिएको छ। घाईतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको अधिकारीहरुले जनाएका छन् ।