३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाओसले भुटानलाई हरायो



अ+ अ-

काठमाडौँ । दशरथ रङ्गशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत शनिबार भएको खेलमा लाओस विजयी भएको छ । लाओसले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको तेस्रो मिनेटमै लाओसका लागि बोन्पाचान बोन्कोङ्गले गोल गर्दै अग्रता दिलाएका थिए । साथै भुटानका चेन्चो ग्यालेसनले ३४औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर खेलको ७१औँ मिनेटमा लाओसका लागि बोन्पाचान बोन्कोङ्गले दोस्रो गोल गर्दै फेरि अग्रता दिलाएका थिए ।

त्यसपछि खेलमा कुनै गोल हुन सकेन र लाओस विजयी भयो । समूह चरणको अन्तिम खेलमा मङ्गलबार नेपाल र भुटान भिड्नेछन् । पहिले खेलमा नेपालले लाओसलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।