५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहायक प्रशिक्षकमा कटुवाल र गोलकिपर प्रशिक्षकमा डंगोल नियुक्त



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले बुधबार प्रवेश कटुवाललाई राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।

मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक समेत रहेका कटुवालले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको सहायकको रुपमा काम गर्ने छन् ।

गत कात्तिकमा घरेलु मैदानमा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा कटुवाल टिमको मुख्य प्रशिक्षक थिए।

यस्तै, एन्फाले गोलकिपर प्रशिक्षकमा विनोद डंगोललाई नियुक्त गरेको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमले यसै महिना प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिता खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता रहने छ । थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुनेछ ।