३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहायक प्रशिक्षकमा कटुवाल र गोलकिपर प्रशिक्षकमा डंगोल नियुक्त



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले बुधबार प्रवेश कटुवाललाई राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।

मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक समेत रहेका कटुवालले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको सहायकको रुपमा काम गर्ने छन् ।

गत कात्तिकमा घरेलु मैदानमा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा कटुवाल टिमको मुख्य प्रशिक्षक थिए।

यस्तै, एन्फाले गोलकिपर प्रशिक्षकमा विनोद डंगोललाई नियुक्त गरेको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमले यसै महिना प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिता खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता रहने छ । थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुनेछ ।