२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानद्वारा सहायता रकम हस्तान्तरण



अ+ अ-

काठमाडौँ । पाकिस्तान सरकारले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन रु चार करोड ४३ वित्तीय सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा खगराज बराललाई मङ्गलबार अपराह्न उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको यहाँस्थित पाकिस्तानी राजदूतावासले आज जनाएको छ ।
 
“नेपाललाई हस्तान्तरित उक्त रकम पाकिस्तान सरकारले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)कोभिड–१९ आपत्कालीन कोषमार्फत उपलब्ध गराउन गरेको प्रतिबद्धताअन्तर्गतको हो”, दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोरोना महामारी  रोकथाम, नियन्त्रण र उपचारमा उदारतापूर्वक सहायता गरेकामा नेपाल सरकारका तर्फबाट सचिव बरालले पाकिस्तान सरकारप्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।