२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बैठकमा माधव नेपाल समूहका नेताहरु अनुपस्थित



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को १० औँ महाधिवेशन आयोजक कमिटिको बैठकमा माधवकुमार नेपाल समूहका नेताहरु अनुपस्थित भएका छन् । 

केहीबेरअघि बालुवाटारमा सुरु भएको बैठकमा नेपाल समूहका नेताहरुलाई बोलाइएको भए पनि अनुपस्थित भएका हुन् ।

संस्थापन पक्षले कारबाही गरिएका ११ जना नेताहरु बाहेक नेपाल समूहका अन्यलाई बोलाएको थियो तर, उनीहरु बैठकमा सहभागी भएनन् ।

जारी बैठकले १० औँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रूपान्तरण गरि पूर्ववत् केन्द्रीय कमिटि बनाउने तयारी छ । पार्टीभित्र असन्तुष्ट रहेको नेपाल पक्षको माग समेत पूरा गर्नेगरि निर्णय गर्ने बताइएको छ । 

यस्तै केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वतः पुनर्वहाली हुने र माधव नेपालसहित ११ जना नेतालाई गरिएको कारबाही समेत स्वतः निष्क्रिय हुने भएको छ ।