२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा लागेको आगलागी नियन्त्रण, २२ लाख रुपैयाँ बराबरको क्षति



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालको बन्दै गरेको नयाँ भवनमा आज लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौं महानगरपालिका ४ पनीपोखरीस्थितको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएको हो ।

बिद्युतीय तार सर्ट भई आगालगी भएको जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ गण निलवाराही, काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद् उद्वारा काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गुल्म काठमाडौं र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जुद्ध बारुण यन्त्रबाट खटिएको सशस्त्र प्रहरीको सहयोगमा उक्त आगलागी नियन्त्रणमा लिएको हो ।

सो आगलागीमा परी उक्त अस्पतालका सुरक्षा गार्ड दुर्गा पौडेल, निर्माण मजदुर नन्दलाल पण्डित, समिता तामाङ्ग र विमला सुनार घाईते भएका छन्। घाईते व्यक्तिहरुको उपचारको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा पठाईएको छ । उक्त आगलागीबाट करीव २२ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताईएको छ ।