२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा लागेको आगलागी नियन्त्रण, २२ लाख रुपैयाँ बराबरको क्षति



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालको बन्दै गरेको नयाँ भवनमा आज लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौं महानगरपालिका ४ पनीपोखरीस्थितको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएको हो ।

बिद्युतीय तार सर्ट भई आगालगी भएको जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ गण निलवाराही, काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद् उद्वारा काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गुल्म काठमाडौं र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जुद्ध बारुण यन्त्रबाट खटिएको सशस्त्र प्रहरीको सहयोगमा उक्त आगलागी नियन्त्रणमा लिएको हो ।

सो आगलागीमा परी उक्त अस्पतालका सुरक्षा गार्ड दुर्गा पौडेल, निर्माण मजदुर नन्दलाल पण्डित, समिता तामाङ्ग र विमला सुनार घाईते भएका छन्। घाईते व्यक्तिहरुको उपचारको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा पठाईएको छ । उक्त आगलागीबाट करीव २२ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताईएको छ ।