काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठले राजीनामा दिनुपर्ने माग उठेको छ ।
बुधबार बालुवाटारमा बसेको बैठकमा केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठ राजिनामा दिनुपर्ने बताएका हुन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको तर्फबाट मन्त्री श्रेष्ठको कदमबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गम्भीर हुन आग्रह गरिएको छ ।