२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रन्टलाइनको सम्मानमा रत्नपार्कका बनाईएको चित्र महानगरपालिकाले मेटायो



अ+ अ-

काठमाडौं। कोरोना संक्रमणका समयमा अग्रमोर्चामा खटिएकाहरु प्रति समर्पित चित्र काठमाडौं महानगरपालिकाले मेटाएको छ । यस चित्रकलाका परिकल्पनाकार डोजाङ शेर्पाले फ्रन्टलाइनको सम्मानका लागि आफूहरुले चित्र बनाएको महानगरपालिकाले मेटाएको बताउनुभयो ।

उहाँले भन्नुभयो बिश्वब्यापी फैलिएको महामारीका समयमा दिन रात नभनी, आफ्नो र आफ्नो परिवारको ज्यानको बाजीराखेर सेवाको निम्ति खट्नु भएका फ्रन्टलाइनको हरुको सम्मानको निम्ति कोरिएको यो चित्र किन मेट्नु पर्यो ।

उहाँले चित्र बनाउनका लागि काठमाडौं महानगरपालीका वडा नं २८ बाट अनुमति समेत लिएको जानकारी गराउदै अनुमति लिएर गरेको काम किन मेटेको हो महानगरपालिकाले जबाफ दिनु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो आज अचानक चित्र मेटाउदा सारै चित्त दुखेको छ। राम्रो काम गर्नु पाप रैछ न कुनै पुर्व जानकारी । यो हर्कत कदापि स्विकारिदैँन ।