२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटीमा पूर्व माओवादीका ४ सहित आठ नेता थप



अ+ अ-

काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीलाई भंग गरिएको छ । जसअनुरुप एमालेका कामकारवाही अब केन्द्रीय कमिटीकै नामबाट सन्चालन हुने भएका छन् ।

आज (बुधवार) बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ ।

यता महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको छ । 

माओवादी केन्द्रबाट एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लवेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् । यस्तै रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तलाई पनि स्थायी कमिटी सदस्य बनाइएको छ ।