२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नैनसिंह महरद्वारा डडेल्धुरा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण



अ+ अ-

डडेल्धुरा । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले डडेल्धुरा अस्पताललाई अक्सिजन कन्सट्रेटरसहितका स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

उनले अक्सिजन कन्सट्रेटर, सिलिण्डर, मास्क, ग्लोभ्स, फेसशिल्ड, न्याबुलाइजर लगायतका सामाग्री हस्तान्तरण गरेका हुन् । 

नेता महरले कोरोना विरुद्धको लडाईमा सक्रिय स्वास्थ्य संस्थालाई विभिन्न संस्था र साथीभाई मार्फत संकलित स्वास्थ्य सामाग्री सहयोग गरिएको जाकारी दिए ।