२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शशांक निवासमा पौडेल समूहका नेताहरुको बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको दौडधुप जारी छ । यसैबीच वरिष्ठ नेता रामचन्द्र पौडेल समूह महाराजगञ्जमा छलफलका लागि जुटेका छन् । 

महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा पौडेल समूहका नेताहरु छलफलमा जुटेका हुन् । कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै गुटगत छलफलले तीव्रता पाएको छ ।

बैठकमा नेता पौडेल र महामन्त्री कोइरालासहित नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. मीनेन्द्र रिजाल, डा. शेखर कोइरालालगायत सहभागी रहेको बताइएको छ ।

संस्थापनइतर समूहमा नेतृत्वका आकांक्षी धेरै भएपछि सहमति जुटाउन नेताहरु अनौपचारिक छलफलमा जुटेका हुन् । 

आजको बैठकमा निधि, कोइराला र सिंहबीचको तीन चरणको लन्च मिटिङका बारेमा पनि छलफल हुने बताइएको छ । तीनैजनाले नेतृत्वमा दाबी गर्दै आएका छन् ।