२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव पक्षले बोलायो स्थायी समिति बैठक



अ+ अ-

काठमाडौं । भोलि (बिहीबार)नेकपा (एमाले)को माधव पक्षको स्थायी समिति बैठक बस्ने भएको छ । 

बिहीबार विकसित राजनीतिक घटनाक्रमबारे आफ्नो समूहको बैठक बसेर छलफल गर्ने बताइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले आज (बुधबार) महाधिवेशन आयोजक कमिटीको बैठक राखेर जेठ २ को पार्टी संरचनामा असार १८ मा केन्द्रीय कमिटी बैठक बोलाउने तथा नेताहरूमाथि गरेको कारवाही खारेज गर्ने घोषणा गरेसँगै माधव समुहले आफ्नो पक्षको स्थायी समिति बैठक बोलाएको हो ।

यस्तै बैठकले आठ जना नेतालाई स्थायी समिति सदस्यमा मनोनयन गर्ने समेत निर्णय गरेको थियो । जसमा पूर्व माओवादीबाट एमालेमा समाहित भएका ४ नेताहरु समेत रहेका छन् ।