२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा महाधिवेशन आयोजक कमिटी भंगपछि दुवै पक्षका नेताहरू छलफलमा



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)मा पार्टी एकताको प्रयास जारी छ ।  केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षलाई पनि सहभागी गराउने भन्दै दुवै पक्षका नेताहरू छलफलमा जुटेका छन् ।

यसअघि पनि एकता वार्ताको लागि निरन्तर छलफलमा रहेका नेताहरू दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएर असार १८ गते केन्द्रीय कमिटी बैठक बोलाइएपछि पुनः वार्तामा बसेका हुन् ।

संस्थापन पक्षबाट उपमहासचिव विष्णु पौडेल,नेता सुवास नेम्वाङ र शंकर पोखरेलको सहभागिता रहेको छ भने माधव नेपाल पक्षबाट उपमहासचिव घनश्याम भुसाल, सचिवद्वय भीम आचार्य, गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे छन् ।

माधव नेपालसहितको बैठक बसेर पार्टीलाई एकताबद्ध बनाएर लैजाने अवसर आएको सहभागी नेता नेम्वाङ बताउँछन् ।

नेकपा एकतापूर्व एमालेबाट थपिएका ४१ जना सदस्य र माओवादीबाट थपिएका नेताहरूसहितको बैठक बस्न अनौपचारिक सहमति भएको स्रोतले बताएको छ ।

यद्यपि नेपाल पक्षकै केही नेताहरु भने फेरि पनि जालझेल गर्न खोजिएको र जेठ २ अघिको बैठक बसेर अरुलाई थप्नुपर्नेमा ओलीले झुक्याउन सक्ने तर्क गरेका छन् ।