२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषदको बैठकले राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा धनकुटाका सिद्धराज राईलाई नियुक्त गर्ने निर्णय गरेको छ भने राष्ट्रिय योजना आयोगको सदस्य पदमा बाजुराका राजबहादुर गिरीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।  

बैठकले शिक्षा मन्त्रालयको प्रस्तावमा नेपाल विश्वविद्यालय स्थापना तयारी समितिको अध्यक्षमा डा.अर्जुन कार्की, सदस्यमा डा.अमिना सिंह, डा.असिम ढकाल, प्राडा विपिनचन्द्र अधिकारी, डा.सूर्यराज आचार्य, डा.उत्तमबाबु श्रेष्ठ र प्रभूकुमार राणालाई नियुक्त गर्ने निर्णय भएको छ । योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण समितिको सदस्य पदमा खड्गधर राई र वंशीधर लामालाई नियुक्त गर्ने निर्णय भएको छ । 
 
यस्तै मदन भण्डारी औद्योगिक विश्वविद्यालय निर्माण समितिको सदस्य पदमा डा.मनराज कोलाक्षेपति, डा. पदमबहादुर शाही र डा. अनिल पोखरेललाई नियुक्ति  गरेको छ भने सिटिइभिटीको सदस्य सचिव पदमा स्याङ्जाका जीतनारायण काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै राष्ट्रिय विमा संस्थानको प्रशासकमा कविप्रसाद पाठकलाई पुनः नियुक्ति दिने निर्णय गरिएको छ । 

नेपाल इन्जिनियरिङ परिषदको रजिष्टार पदमा इन्जिनियर शिवमंगल गिरीलाई नियुक्त गर्ने निर्णय भएको छ ।  सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पाँचथर भीमकुमार ओझालाई नियुक्त गर्ने निर्णय भएको छ । यस्तै सदस्यमा ओखलढुङ्गामा महेन्द्रबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।  

महिला तथा बालबालिका मन्त्रालयको प्रस्तावमा खबर गरौं ११४५ सञ्चालन गर्नका लागि राजपत्राङ्कित तृतीय श्रेणीका ४ जनाको अस्थायी दरबन्दी स्वीकृति गर्ने निर्णय भएको छ ।