२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषदको बैठकले राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा धनकुटाका सिद्धराज राईलाई नियुक्त गर्ने निर्णय गरेको छ भने राष्ट्रिय योजना आयोगको सदस्य पदमा बाजुराका राजबहादुर गिरीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।  

बैठकले शिक्षा मन्त्रालयको प्रस्तावमा नेपाल विश्वविद्यालय स्थापना तयारी समितिको अध्यक्षमा डा.अर्जुन कार्की, सदस्यमा डा.अमिना सिंह, डा.असिम ढकाल, प्राडा विपिनचन्द्र अधिकारी, डा.सूर्यराज आचार्य, डा.उत्तमबाबु श्रेष्ठ र प्रभूकुमार राणालाई नियुक्त गर्ने निर्णय भएको छ । योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण समितिको सदस्य पदमा खड्गधर राई र वंशीधर लामालाई नियुक्त गर्ने निर्णय भएको छ । 
 
यस्तै मदन भण्डारी औद्योगिक विश्वविद्यालय निर्माण समितिको सदस्य पदमा डा.मनराज कोलाक्षेपति, डा. पदमबहादुर शाही र डा. अनिल पोखरेललाई नियुक्ति  गरेको छ भने सिटिइभिटीको सदस्य सचिव पदमा स्याङ्जाका जीतनारायण काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै राष्ट्रिय विमा संस्थानको प्रशासकमा कविप्रसाद पाठकलाई पुनः नियुक्ति दिने निर्णय गरिएको छ । 

नेपाल इन्जिनियरिङ परिषदको रजिष्टार पदमा इन्जिनियर शिवमंगल गिरीलाई नियुक्त गर्ने निर्णय भएको छ ।  सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पाँचथर भीमकुमार ओझालाई नियुक्त गर्ने निर्णय भएको छ । यस्तै सदस्यमा ओखलढुङ्गामा महेन्द्रबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।  

महिला तथा बालबालिका मन्त्रालयको प्रस्तावमा खबर गरौं ११४५ सञ्चालन गर्नका लागि राजपत्राङ्कित तृतीय श्रेणीका ४ जनाको अस्थायी दरबन्दी स्वीकृति गर्ने निर्णय भएको छ ।