२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इराकमा तापक्रम ५१ डिग्री सेल्सियससम्म पुग्यो, तातो हावा चल्दा जनजीवन प्रभावित



अ+ अ-

एजेन्सी ।  इराकका कतिपय शहरमा तापक्रम बढ्दा त्यहाँको जनजीवन निकै नै प्रभावित भएको छ । समाचारमा जनाइएअनुसार इराकका मध्य तथा दक्षिण प्रान्तहरुमा अकस्मात तापक्रम बढेको बताइएको छ ।

यहाँका मौसम विद्हरुले यहाँको तापक्रम कम्तीमा पनि ५१ डिग्री सेल्सियस पुगेको बताएका छन् । जसका कारण ती प्रान्तहरुमा निकै नै तातो हावा चलेको छ र नागरिकमा स्वास्थ्यका गम्भीर समस्याहरु देखिएका छन् ।

इराकको मौसम विभागले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा यहाँको दक्षिणी क्षेत्रका बासरा, क्वादिसान र मुथाना प्रान्तमा तापक्रम बढेर ५१ डिग्री सेल्सियससम्म पुगेको छ ।राजधानी बगदादलगायतका अरु कैयौँ क्षेत्रको तापक्रम भने ५० डिग्री नै पुगेको छ । यसरी देशव्यापी रुपमा तातो हावा नै चलेको छ । जसका कारण यहाँको जनजीवन निकै नै प्रभावित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँका सरकारी निकायले नागरिकलाई अत्यावश्यक काम नपरेसम्म घरबाट बाहिर ननिस्किन र पर्याप्त मात्रामा झोल पदार्थको सेवन गर्न पनि सार्वजनिक सूचनाहरु दिएका छन् ।यो तातो हावाका कारण बालबालिकामा धेरै असर पर्न सक्ने देखिएको छ । जसले गर्दा देशका अधिकांश भूभागका विद्यालयहरु बन्द गरिएको छ भने देशव्यापी रुपमा नै विदा दिने तयारी गरिरहेको बताइएको छ ।

तातो हावाको असरबाट बच्न र नागरिकलाई आवश्यक सहयोग गर्न सरकारले विभिन्न कार्यक्रमहरु ल्याउने बताएको कुरा पनि समाचारमा जनाइएको छ ।