२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर छोटो, मध्यम र लामो दूरीका सवारीसाधन चलाउने



अ+ अ-

काठमाडौँ । नेपाल यातायात व्यवसायी र यातायात मजदुर संघहरूले शुक्रबारदेखि देशभरका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न आह्वान गरेका छन् । सरकारको निर्णय विरुद्ध नेपाल यातायात व्यवसायी र यातायात मजदुर संघहरूले आगामी शुक्रबारदेखि सबै किसिमका सार्वजनिक सवारीसाधन चलाउने जनाएका छन् ।

नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष धर्मराज भण्डारीले भने, ‘असार १८ देखि देशभर छोटो, मध्यम र लामो दूरीका सवारीसाधन चलाउने तयारी गरेका छौँ ।’ काठमाडौँ जिल्ला प्रशासनले बिहीबार यस विषयमा छलफलका लागि यातायात व्यवसायी र मजदुर सङ्गठनका पदाधिकारीलाई बोलाएको उनले बताए ।

उनले भने, ‘बिहीबार २ बजे छलफलका लागि बोलाउनुभएको छ, हामी आशावादी छौँ, हाम्रो माग सम्बोधन हुनेछ ।’