२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः मिलान क्वाटरफाइनलमा, टोटेनहम अन्तिम १६ बाटै बाहिरियो



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत इटालियन फुटबल क्लब एसी मिलान क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा इंग्लिस क्लब टोटेनहमसँग गोलरहित बराबरी खेलेपनि १–० को एग्रिगेटले मिलानले अन्तिम ८ को यात्रा तय गरेको हो । खेलको ७८ औं मिनेटमा क्रिस्टियन रोमेरोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोटेनहम १० खेलाडीमा समेटिएको थियो ।

यसअघि भएको पहिलो लेगमा मिलानले आफ्नो घरेलु मैदानमा टोटेनहमलाई १–० गोलले पराजित गरेको थियो । यो नतिजासँगै टोटेनहमको च्याम्पिन्स लिगको यात्रा अन्तिम १६ मै पूर्णविराम लागेको छ ।