२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार बनाउने अवसर गुमाउने अनि गीत गाउँदै हिँड्ने ? : वरिष्ट अधिवक्ता अग्‍नि खरेल



अ+ अ-

काठमाडौं । पूर्वमहान्यायाधिवक्ता अग्‍नि खरेलले नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सरकार बनाउने समयमा अवसर गुमाउने अनि गीत गाएर सरकार बनाउन पाउँ भन्दै हिँड्नु जायज नभएको बताउनु भएको छ । 

बिहीबार प्रतिनिधि सभा विघटनसम्‍बन्‍धी सर्वाेच्च अदालतमा रिटको सुनुवाइका क्रममा  खरेलले काँग्रेस सभापति शेरबहादुर देउवालाई संविधानकाे धारा ७६ (२) को सरकार किन नबनाएको भन्‍दै प्रश्‍न गर्नुभयो । उहाँले भन्नुभयो, सरकार बनाउने अवसर गुमाउने अनि गीत गाउने ?

विश्‍वासको मत प्राप्‍त नहुने देखिएपछि नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओलीले प्रधानमन्‍त्रीमा पुन: दाबी गरेको तर्क गर्दै संविधानले पुनः दाबी गर्न नरोकेको  जिकिर गर्नुभयो । ईजलास समक्ष उहाँले भन्नुभयो, शेरबहादुर देउवाले धारा ७६ (२) को सरकार किन बनाउनु भएन ?

सर्वाेच्च अदालतमा अहिले प्रतिनिधिसभा विघटन सम्बन्धमा परेका रिटमाथि सुनुवाइ जारी छ । रिट प्रस्तुतकर्ताहरूका तर्फबाट यसअघि नै बहस समाप्त भइसकेकाे छ । हाल सरकार पक्षका कानुन व्यवसायीहरूले बहस गरिरहनु भएकाे छ । सरकारका तर्फबाट महान्यायाधीवक्ता, सहमहान्यायाधीवक्ता एवं निजी कानुन व्यवसायीले बहसमा भाग लिनु भएकाे छ ।

सभामुख अग्नि सापकाेटाका तर्फबाट छुट्टै कानुन व्यवसायीले बहस गर्ने कार्यक्रम छ ।

सरकार पक्षका कानुन व्यवसायीले बहस समाप्त गरेलगत्तै रिट निवेदकका तर्फका कानुन व्यवसायीहरूले संक्षिप्त तर थप बहस गर्नेछन् ।