२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार बनाउने अवसर गुमाउने अनि गीत गाउँदै हिँड्ने ? : वरिष्ट अधिवक्ता अग्‍नि खरेल



अ+ अ-

काठमाडौं । पूर्वमहान्यायाधिवक्ता अग्‍नि खरेलले नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सरकार बनाउने समयमा अवसर गुमाउने अनि गीत गाएर सरकार बनाउन पाउँ भन्दै हिँड्नु जायज नभएको बताउनु भएको छ । 

बिहीबार प्रतिनिधि सभा विघटनसम्‍बन्‍धी सर्वाेच्च अदालतमा रिटको सुनुवाइका क्रममा  खरेलले काँग्रेस सभापति शेरबहादुर देउवालाई संविधानकाे धारा ७६ (२) को सरकार किन नबनाएको भन्‍दै प्रश्‍न गर्नुभयो । उहाँले भन्नुभयो, सरकार बनाउने अवसर गुमाउने अनि गीत गाउने ?

विश्‍वासको मत प्राप्‍त नहुने देखिएपछि नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओलीले प्रधानमन्‍त्रीमा पुन: दाबी गरेको तर्क गर्दै संविधानले पुनः दाबी गर्न नरोकेको  जिकिर गर्नुभयो । ईजलास समक्ष उहाँले भन्नुभयो, शेरबहादुर देउवाले धारा ७६ (२) को सरकार किन बनाउनु भएन ?

सर्वाेच्च अदालतमा अहिले प्रतिनिधिसभा विघटन सम्बन्धमा परेका रिटमाथि सुनुवाइ जारी छ । रिट प्रस्तुतकर्ताहरूका तर्फबाट यसअघि नै बहस समाप्त भइसकेकाे छ । हाल सरकार पक्षका कानुन व्यवसायीहरूले बहस गरिरहनु भएकाे छ । सरकारका तर्फबाट महान्यायाधीवक्ता, सहमहान्यायाधीवक्ता एवं निजी कानुन व्यवसायीले बहसमा भाग लिनु भएकाे छ ।

सभामुख अग्नि सापकाेटाका तर्फबाट छुट्टै कानुन व्यवसायीले बहस गर्ने कार्यक्रम छ ।

सरकार पक्षका कानुन व्यवसायीले बहस समाप्त गरेलगत्तै रिट निवेदकका तर्फका कानुन व्यवसायीहरूले संक्षिप्त तर थप बहस गर्नेछन् ।