• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो ★   कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने ★   रिलिज हुनुअघि नै रेकर्ड तोड्यो प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ले ★   गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा प्रवाहित रकमबारे संसदीय समितिको चासो

स्ववियु निर्वाचनमा तीन क्रान्तिकारी विद्यार्थी संगठनले सहकार्य गर्ने, संयुक्त घोषणापत्र सार्वजनिक



काठमाडौं । आगामी चैत्र पाँच गते हुने त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनमा तीन क्रान्तिकारी विद्यार्थी संगठनल सहकार्य गर्ने भएका छन् ।

नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी, नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र नेकपा मोटो मसाल निकट विद्यार्थी संगठन अखिल छैटौंले आगामी स्ववियु निर्वाचनमा सहकार्य गर्ने भएका हुन् ।

तीन क्रान्तिकारी विद्यार्थी संगठनले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी संयुक्त चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । घोषणपत्र सार्वजनिक कार्यक्रममा बोल्दै अअिखिल छैटौंका संयोजक दीपक पौडेलले निकट भविष्यमा क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई संगठित गर्ने उद्देश्यका साथ सहकार्य अगाडि बढाइएको बताए ।

‘हामी अखिल छैटौं, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी तीन वटा संगठनबीच सहकार्य गरेर एकताबद्ध भएर निर्वाचनमा जाने घोषणा गरेका छौं । त्यतिमात्रै होइन हामी निकट भविष्यमा क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई संगठित गर्ने उद्देश्यका साथ विद्यार्थी संगठनको एकता प्रक्रिया पनि हामीले अगाडि बढाएका छौं,’– उनले भने ।

पञ्चायती व्यवस्थामासमेत विद्यार्थी आन्दोलनले स्ववियुको स्थापना गरेपनि आज गणतन्त्र आउँदा पनि नियमित स्ववियु निर्वाचन हुननसक्नु दु:खद् भएको उनले बताए । ठूला दल निकट विद्यार्थी संगठन अहिलेको स्ववियु निर्वाचनमा अस्वसनसहित आएको भन्दै उनले त्यसबाट सचेत हुन आम विद्यार्थी मतदातालाई आग्रह गरे ।

अहिलेको शैक्षिक समस्या समाधानका लागि श्रमसँग जोडिएको शिक्षा नीति आवश्यक रहेको उनले बताए । सरकारसँग आफूलाई कति शैक्षिक जनशक्ति चाहिने भन्ने बारेमा योजना नै नभएको उनले बताए । अहिले शिक्षा क्षेत्र दलाल पुँजीपति वर्गको हातमा पुगेको उनको आरोप छ । आफूहरु अबको विद्यार्थी आन्दोलन कसरी अगाडि बढाउने भन्ने बारेमा लागि रहेको उनले बताए । विद्यार्थीहरुलाई परिवर्तन र आन्दोलनका बारेमा बुझाउन आवश्यक रहेको उनले बताए ।

त्यसैगरी, नेकपा बहुमत निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष मिलन राईले आफुहरुले अहिले श्रम र अनुसन्धानसँग जोड्ने उत्पादनमूलक र वैज्ञानिक शिक्षा चाहेको बताए । पछिल्लो समय झण्डै १४ वर्षपछि देशभरिका क्यम्पसमा निर्वाचन हुनु आफैंमा खुसीको कुरा भएको उनले बताए । सत्ताधारी विद्यार्थी संगठनहरुका कारण धेरै क्याम्समा स्ववियु निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको उनले बताए ।
‘आज सत्ताधारी पार्टीका विद्यार्थी संगठनका आन्तरिक किचलोका कारण स्ववियु निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको छ । यस्ता षड्यन्त्रका विरुद्ध आम विद्यार्थी सडक मा आउनुपर्छ र विद्रोह गर्नुपर्छ,’– उनले भने ।

कम्युनिष्ट पार्टीहरु आन्तरिक किचलोका कारण टुटिरहेको सन्दर्भमा तीन कम्युनिष्ट पार्टीले एकताको अभियान थालेको र निकट भविष्यमै पार्टी एकता हुने उनले बताए ।नेकपा मोटो मसाल, क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच चाँडै पार्टी एकता ह्ुने तयारी रहेको उनले बताएका हुन् । ‘नेकपा मोटो मसाल, क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच छिट्टै पार्टी एकता हुँदैछ । र यी तिन वटै संगठन पनि एकताबद्ध हुने प्रक्रियामा छ । त्यो प्रक्रियास्वरुप हामी तीनै वटा संगठन संयुक्त रुपमा स्ववियु निर्वाचनमा सहभागी हुने निर्णय अनुरुप संयुक्त घोषणपत्र जारी गरेका छौं,’– उनले भने ।

क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले विश्वविद्यालयमा भएका विक्रिति, विसंगति र गलत क्रियाकलापका विरुद्ध आफूहरु लागिपर्ने बताए । मरेका लासजस्ता संगठनको कुनै औचित्य नभएको उनको भनाई छ । ‘आज अरु विद्यार्थी संगठनहरु, नेविसंघ, अखिल र प्रचण्ड नेतृत्वको अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरु छन् । दुइचार जना मान्छे अलिबढी भएको जस्तो पनि लाग्न सक्छ । तर, मरेका लास जस्ता संगठनको आज कुनै औचित्य छैन । हाम्रो यो संगठन भनेको ज्यूँदो, जाग्दो झिल्का हो । क्रान्तिको झिल्का हो । शैक्षिक क्षेत्रमाथि क्याम्पसहरुमा जुन खाल्का गलत हर्कत र क्रियाकलापहरु हुन्छन् । त्यसको विरुद्ध मिसाइल बनेर पड्किने तप्का हो हाम्रो संगठन,’– उनले भने ।