१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए



अ+ अ-

काठमाडौँ । अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान ट्राभीस हेड टी–२० वरियताको ब्याट्सम्यानको सूचीमा पहिलो स्थानमा उक्लिएका छन् ।

आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा हेड चार स्थान सुधार गर्दै ८४४ रेटीङसहित शीर्ष स्थानमा उक्लिएका हुन् ।

हेडअघि शीर्ष स्थानमा रहेका भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा झरेका छन् भने दोस्रो स्थानमा रहेका इंग्ल्याण्डका फिल साल्ट तेस्रो स्थानमा पुगेका छन् ।

त्यस्तै, पाकिस्तानका बाबर आजम र मोहमद रिजवान चौथो र पाँचौं स्थानमा झरेका छन् ।

वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४६औं स्थानमा छन् भने कप्तान रोहित पौडेल ६१औं स्थानमा छन् ।