• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने



काठमाडौँ । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा सम्मानित नेता झलनाथ खनालले महासचिव घनश्याम भूसाललाई सहयोग गर्ने भएका छन् ।

पार्टीको महाधिवेशन नजिकिदै गर्दा अध्यक्षको दाबीबाट पछि हटेका खनाल भूसाललाई अध्यक्ष बनाउन सहमत भएका हुन् ।

खनाल निवास डल्लुमा भएको दुई नेताहबीचको भेटमा मिलेर अघि बढ्ने सहमति भएको महासचिव भुसालले बताए । उनले भने, हामीबीच नीति कार्यक्रम सबै मिलेपछि झलनाथजीसँग मिलेर अघि बढ्ने समझदारी भएको छ ।’

छलफलमा खनाल, भुसाल र युवा संघका पूर्वअध्यक्ष नरेशकुमार शाही सहभागी रहेका थिए ।

माधव नेपाल अध्यक्षमा दोहोरिने चाहाना राखिरहेका बेला यसमा सहमति नजुटे नेपाल र भुसालबिच अध्यक्षमा प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ ।