१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा लगानी सहजीकरण सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा बोल्दै उनले उद्योगहरु नवीकरण गर्नुपर्ने बताएका हुन् ।

‘हामिले दुनियाँलाई नेपालमा आउ, लगानी गर, रोजगारी देउ, कर तिर भनिरहेको छौं । स्वदेशमा चलिरहेको उद्योग धन्दा र स्वदेशमा भइरहेको लगानीहरुको प्रबर्द्धन तथा संरक्षणमा सरकारले अभिभावकत्व लिनुपर्छ । सरकारले यस किसिमको वातावरण बनाउन नसक्दा कतिपय उद्योग धन्दा, कल–कारखानाहरु बिचैमा बन्द हुने अवस्था रहेको छ ।’ प्रमुख सचेतक बर्तौलाले भने ‘सरकारले अनुमति दिएर खुलेका उद्योग धन्दाहरु पनि समयमै नविकरण नहुँदा नवीकरण गराईदेउ भनेर व्यवसायीहरु आन्दोलन गर्नुपर्ने अवस्था छ । ससर्थ, सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छ ।’