३ आश्विन २०८१, बिहीबार
,
Latest
संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे सत्य सूचनाका चार बर्ष मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल संविधान १०औं वर्षमा, हर्षोल्लासका साथ संविधान दिवस मनाइँदै नेपाल ओमानसँग पराजित
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

होलीले सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो बनाएको छः पर्यटनमन्त्री



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले होली पर्वको माध्यमबाट सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो र सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

होली पर्वका अवसरमा प्राइम टेलिभिजनले आज रामशाहपथमा आयोजना गरेको ‘होली उत्सव–२०७९’ मा बोल्दै उहाँले होली पर्वले भावनात्मक एकता, आपसी सद्भाव र भाइचारा कायम गर्न मद्दत पुग्ने उल्लेख गरे । उनले भने, “हामी बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुकमा बसोबास गरेका छौँ । आज एकापसमा रङ्ग घसेर आपसी मतभेद र हृदयभित्रको वैरभाव मेटाउने विशेषता छ । मधेस र पहाडको भावनात्मक एकतालाई बिस्तारै होली पर्वले झन्–झन् बलियो एकताका आधारमा बाँधिरहेको छ ।”

पर्यटनमन्त्री किरातीले पर्यटनको माध्यमबाट मुलुकको आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिए । उनले देशको पर्यटनलाई बढाउनका लागि मुलुकको संस्कृतिको प्रवद्र्धन गर्न जरुरी भएको बताए ।

प्राकृतिक सम्पदा र संस्कृतिलाई समायोजन गरेर मात्रै आजको पर्यटन निर्माण गर्नसकिने र यसलाई मुलुकको समृद्धिसँग जोड्न सकिने उनको भनाइ थियो ।

रङ्गहरुको पर्व मानिने होली नेपाल मात्र नभई विश्वका विभिन्न मुलुकमा समेत मनाइने गरिएको छ । विशेषगरी नेपाल र भारतमा यो पर्व धुमधामका साथ मनाइन्छ ।

पर्यटनमन्त्रीले युवाहरुमा होली पर्व अति नै लोकप्रिय हुँदै गइरहेको भन्दै यो पर्वको प्रवद्र्धनमा जुट्न पनि आग्रह गरे । उनले मादक पदार्थ सेवन नगरी पर्वलाई उल्लासका साथ सभ्य रुपमा मनाउन पनि आग्रह गरे ।

होली उत्सवमा ख्यातिप्राप्त गायकहरू प्रमोद खरेल, इन्दिरा जोशी, ज्योति मगरलगायत कलाकारको साङ्गीतिक प्रस्तुतिले उल्लेख्य सङ्ख्यामा उपस्थित दर्शकमाझ रौनक थपेको थियो । रासस