२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा राजतन्त्र पुन:स्थापना हुन असम्भव छ: धर्मेन्द बास्तोला



अ+ अ-

काठमाडौँ । नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा राजतन्त्र पुन:स्थापना हुने असम्भव भएको बताउनुभएको छ ।

आईतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै संयोजक बास्तोलाले नेपालमा राजतन्त्र पुन:स्थापना हुने सम्भावना नभएको बताउनुभएको हो ।

उहाँले जसले जति नारा लगाएपनि राजतन्त्र नफर्किने बताउनु भयो । उहाँले देशमा अधुरा रहेका क्रान्तिहरु सम्पन्न गर्नका लागि सबै कम्युनिष्ट शक्तिहरु मिल्नुपर्ने बताउनु भयो । उहाँले वैज्ञानिक समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीहरु एकजुट हुनुपर्ने धारणाा राख्नुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले राजतन्त्र सम्भव छैन यहाँ । जसले जति नारा लगाएपनि । पछाडी फर्कने कुराले अगाडी जान सकिँदैन । त्यसकारण अहिले हामी सबै माओवादीहरु एक ठाउँमा हुन जरुरी छ । तर के को निम्ति ? अगाडी जानको निम्ति । अगाडी बढ्नको निम्ति । नेपालमा अधुरो रहेका शहीदका सपनाहरु पूरा गर्नको निम्ति । शहीदको सपना पूरा गर्ने भनेको अधुरो रहेको क्रान्ति सम्पन्न गर्ने कुरा हो । नयाँ जनवाद सहित वैज्ञानिक समाजवादी गर्ने कुरा हो । अहिले भन्दै हुनुहुन्छ उहाँहरु साथीहरुले नयाँ जनवाद सम्पन्न भयो भन्दै हुनुहुन्छ, यस्तै हुन्छ नयाँ जनवाद भित्र ? यस्तो हुँदैन ।’

‘अहिले फेरी ०५२ सालको जस्तो पनि सम्भव छैन । नयाँ तरिकाले गर्नुपर्ने छ । नयाँ तरिकाले हामी संरक्षित हुनुपर्नेछ । नयाँ तरिकाले विश्लेषण गर्नुपर्नेछ । नयाँ तरिकाले हामी अगाडी बढ्नुपर्ने छ । त्यसको निम्ति हामी सबै एकठाउँमा आउँ । अगाडी बढौँ । नेपालमा क्रान्ति कसैले रोक्न सक्दैन । इतिहासको प्रवाहलाई कसैले रोक्न सक्दैन । यहाँ पूरै पछाडी फर्किएर राजतन्त्र फर्केर आउने बेलायत होइन । यो जापानपनि होइन । १७ औँ शताब्दी, १५ औँ शताब्दीको बेलायत होइन । जहाँ फेरि राजतन्त्र फर्केर आओस् । यो २१ औँ शताब्दीको दुनियाँ छ । वैज्ञानिक समाजवाद स्थापना हुन्छ । सबै कम्युनिष्ट पार्टीहरु एक ठाउँ होऔँ ।’

संयोजक बास्तोलाले राजतन्त्र फर्किनका लागि नेपाल १५ औँ शताब्दीको बेलायत नभएको टिप्पणी गर्नुभयो ।