२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोट खेल्न नेपालले बाँकी सबै खेल जित्नुपर्ने, तीन खेल जिते ओडिआई मान्यता जोगिने



अ+ अ-

काठमाडौँ । नेपालको आइसिसी विश्वकप छनोट खेल्ने सम्भावना अझै कायमै रहेको छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा शीर्ष तीनमा स्थान बनायो भने नेपालले सिधै छनोट खेल्न पाउछ । त्यसको लागि नेपालले बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । नेपालले अब युएईसँग तीन र पपुवा न्युगिनीसँग दुई खेल खेल्न बाँकी छ ।

आइसिसी विश्वकप लिग–२ का शीर्ष तीन टोलीले आगमी जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । यसअघि नै स्कटल्यान्ड ३६ खेलमा २४ जित र १० हारसहित ५० अंकका साथ च्याम्पियन बन्दै विश्वकप छनोटमा पुगिसकेको छ । यस्तै, ओमान पनि ३६ खेलमा २१ मा जित र १३ हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै छनोटमा पुगिसकेको छ ।

अव नेपाल, नामिबिया र युएई मध्येका एक टोलीले शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्न पाउनेछन् । नामिबियाले ३६ खेलमा १९ जित र १६ हारसहित ३९ अंक पाएको छ । नेपालले नामिबियालाई पछि पार्न बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । बाँकी खेल जितेमा नेपाल ४० अंकका साथ सोझै विश्वकप छनोटमा पुग्छ । नेपालले एक खेल हार्दा र बाँकी सबै खेल जित्दा ३८ अंक हुनेछ ।

यता, युएईलाई शीर्ष तीनमा पर्न ६ मध्य ५ खेल जित्नुपर्ने हुन्छ । युएई नेपालसँग तीनै खेल हार्दा पनि शीर्ष पाँचको सम्भावना रहन्छ । युएईले नेपाल र पपुवा न्युगिनीसँग समान तीन तीन खेल खेल्न बाँकी छ ।

नेपालले आइसिसी विश्वकप लिग–२ मा ओडिआई मान्यता सोझै जोगाउन बाँकी पाँच खेलमा तीन खेल जित्नैपर्ने हुन्छ । नेपाल ३१ खेलमा १४जित र १५ हारसहित ३० अंकका छैटौं स्थानमा छ । अमेरिका ३६ खेलमा १६ जित र १७ हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । नेपालले अमेरिकालाई पछि पार्दै शीर्ष पाँचमा पर्न तीन खेल जित्नुपर्ने हुन्छ ।

ओडिआई मान्यता सोझै जोगाउन नेपालले युएईलाई तीन मध्य एक खेल जिते पुग्छ । युएईलाई एक र पपुवा न्युगिनीलाई दुवै खेलमा हराउँदा नेपालको ३६ अंक हुनेछ । लिग २ मा शीर्ष पाँच र क्वालिफायर प्लेअफमा शीर्ष चारमा पर्न नसके चार वर्षको लागि ओडिआई मान्यता गुम्नेछ ।

नेपालले भोलि सोमबार युएईसँग खेल्दैछ । त्यसपछि, बाकि रहेको चार त्रिकोणात्मक ओडिआई सिरिज भने टियु मैदानमा खेल्नेछ ।