• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

कुशलले यूएईविरुद्धको खेल गुमाउने , सन्दीप जोराले प्रतिस्थापन गर्ने



file photo

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेल घाइते भएका छन् । विश्वकप लिग—२ क्रिकेटअन्तर्गत त्रिदेशीय शृंखला खेल्न यूएई पुगेका कुशललाई ग्रोईन ईन्जोरी भएको क्यानले जानकारी दिएको छ ।

क्यानका अनुसार ईन्जोरीका कारण कुशलले सोमबारको खेल गुमाउने छन् । सोमबार हुने यूएईविरुद्धको खेलमा उनको ठाउँमा सन्दीप जोराले प्रतिस्थापन गर्ने भएका छन् ।

क्यानले कुशल घाइते भएको जानकारी दिँदै भनेको छ, ‘हामी कुशल भुर्तेललाई मैदानमा मिस गर्नेछौँ । तर हामीलाई थाहा छ ऊ पहिलेभन्दा बलियो भएर फर्किने छ ।’

कुशलले दुई साता अघि नामिबियालाई हराउन १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । उनको शतकको सहयोगमा नेपालले आफ्नो एकदिवसीय अन्तराष्ट्रिय इतिहासमा सर्वाधिक २ सय ८६ रनको विजयी लक्ष्य पूरा गरेको थियो । त्यसबाहेक अन्य खेलमा भने उनले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।