• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै ★   कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरि ★   संसद् बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी ★   अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयास ! ★   कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीको केही स्थानमा भारी वर्षाको सम्भावना ★   भाषा शैली जगाउन आफ्नै भाषाको म्युजिक भिडियो ★   पत्रकार सुधीर शर्माका दुई पुस्तक एकसाथ सार्वजनिक ★   मुस्ताङको घरपझोङ गाउँपालिकाद्वारा ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालन ★   नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन ★   तिलिचोको बाइस घुम्ती काट्ता

पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशालाई ६५ लाख दिने सरकारको निर्णय



काठमाडौं । सरकारले पेरिस पारा ओलम्पिकमा नेपाललाई कास्य पदक दिलाउने पलेशा गोवर्धनलाई रु ६५ लाख पुरस्कार दिने निर्णय गरेको छ ।

आजको मन्त्रिपरिषद्को बैठकले सो खेलका प्रशिक्षकलाई रु पाँच लाख ८५ हजार र टिम व्यवस्थापकलाई रु दुई लाख ९२ हजार पुरस्कार तथा सम्मान गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

बैठकले दुग्ध विकास संस्थान ९डीडीसी० लाई सर्तसहित रु ६० करोड ऋण भुक्तानी दिने भएको निर्णय गरेको उहाँले बताउनुभयो । “चालु आर्थिक वर्षमा दुग्ध विकास संस्थानको कच्चा दूधको आपूर्ति गर्ने किसानलाई भुक्तानी गर्ने प्रयोजनार्थ र प्रविधि सुधार तथा व्यवसाय विस्तारका लागि उक्त ऋण लगानी स्वीकृत गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।