१० भाद्र २०८३, बुधबार
,
Latest
दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको जिरिबाम जिल्लामा झडप हुँदा पाँच जनाको मृत्यु



अ+ अ-

एजेन्सी । भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वमा शनिबार भएको झडपमा कम्तिमा पाँच जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् ।

युद्धग्रस्त म्यानमासँगको भारतको सीमामा रहेको जिरिबाम जिल्लामा भएको पछिल्लो झडपमा पाँच जनाको मृत्यु भएको हो । “जिरिबाममा बिहानदेखि नै दुई समुदायबीच झगडा भईरहेको छ । हालसम्म झडपमा पाँच जनाको मृत्यु भईसकेको छ र हामी थप विवरणको प्रतिक्षामा छौं”, एक स्थानीय सरकारी अधिकारीले बताउनुभयो ।

घटनामा एकजनाको सुतिरहेको बेला गोली हानेर हत्या गरिएको थियो भने अन्य चारजना सशस्त्र व्यक्तिको त्यसपछि भएको गोली हानाहानको क्रममा मृत्यु भएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।

मणिपुर राज्यमा मुख्यतया हिन्दू बहुमत मेइतेई र इसाई कुकी समुदायबीच एक वर्षभन्दा बढी समयदेखि द्वन्द्व बढ्दै आएको हो । द्वन्द्व बढ्दै गएपछि हाल पहिले बसोबास गर्ने समुदायलाई जातीय रेखामा विभाजन गरिएको छ ।

विद्रोही समूहले शुक्रबार गरेको रकेट आक्रमणमा एक ७८ वर्षीया वृद्धको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको थियो । एक स्थानीय सरकारको सूचनामार्फत “विद्यार्थी र शिक्षकहरूको सुरक्षा” का लागि राज्यका सबै विद्यालयहरू शनिबार बन्द गरिने घोषणा गरिएको हो ।

मणिपुरका पूर्व मुख्यमन्त्री स्वर्गीय मैरेनबाम कोइरेङ सिंहको निवासमा रकेट आक्रमण हुँदा एक वृद्ध व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

इन्डियन एक्सप्रेस नामक पत्रिकाले एक अज्ञात सुरक्षा स्रोतलाई उद्धृत गर्दै रकेटहरू गेल्वनाइज्ड फलामको पाइप प्रयोग गरेर बनाइएको “इम्प्रोभाइज्ड प्रोजेक्टाइल” जस्तो देखिने जानकारी गराएको छ ।

शुक्रबारको आक्रमण विद्रोहीहरूले विस्फोटक पदार्थ खसाल्न ड्रोन प्रयोग गरेपछि प्रहरीले राज्यमा हिंसाको उल्लेखनीय वृद्धि“ भएको बताएको छ ।

मेइतेई र कुकी समुदायबीच भूमी र सार्वजनिक रोजगारीको विषयमा लामो समयदेखि द्वन्द्व चलिरहेको छ ।

अधिकारकर्मीहरूले राजनीतिक लाभका लागि स्थानीय नेताले जातीय विभाजन बढाएको आरोप लगाएका छन् ।