• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

लुटपाटमा सङ्लग्न सात जना पक्राउ



धरान, (सुनसरी) । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरीको प्रमुख धार्मिकस्थलमा पर्यटकलाई आतङ्कित पारी लुटपाट गर्ने सात जनाको समूहलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

झापा बाह्रदशी गाउँपालिका–३ राजगढका २२ वर्षीय अमन भगत र २३ वर्षीय निखिल भगतलाई तालतलैया घुम्न आएको समयमा बाटो छेकेर चक्कु देखाउँदै दुई लाख लुटपाट गरी फरार भएका थिए । उक्त घटना सम्बन्धमा पीडितले इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिएपछि लुटपाटमा संलग्नलाई खोजी गरी पक्राउ गरिएको उपरीक्षक भण्डारीले बताउनुभयो ।

प्रहरीका अनुसार रामधुनी नगरपालिका–३ को २२ वर्षीय अनिस कोइराला र १९ वर्षीय शुसन थापा पक्राउ परेका छन् । त्यसैगरी इटहरी उपमहानगरपालिका–४ को २४ वर्षीय  विशाल तामाङ, १८ वर्षीय सुनिल बस्नेत र १८ वर्षीय निश्चल बस्नेत एवं सोही नगर वडा नं ७ का १८ वर्षीय साकार भण्डारी तथा इटहरी उपमहानगरपालिका–४ का २४ वर्षीय विशाल तामाङ र वडा नम्बर १६ का १८ वर्षीय रिचन खत्री पक्राउ परेका छन् ।

उनीहरूको साथबाट रु तीन लाख दुई सय ५५ रुपैयाँ नगदसहित चक्कु, ओकेटोके हेण्ड सेट र मोबाइल बरामद गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका सातै जनालाई सुनसरी जिल्ला अदालतमा पेस गरी पाँच दिनको म्याद थप गरेर इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस