७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

सङ्गठित अपराध र आतङ्कवादको सामना गर्न सहकार्य आवश्यक : गृहमन्त्री लेखक

सङ्गठित अपराध र आतङ्कवादको सामना गर्न सहकार्य आवश्यक : गृहमन्त्री लेखक
अ+ अ-

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित पराध, साइबर अपराध, आतङ्कवादलगायतका बहुआयमिक चुनौती सामना गर्न कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय र अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित इन्टरपोल स्थापनाको शताब्दी दिवसका अवसरमा गृहमन्त्री लेखकले अपराधिक क्रियाकलापलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्व हुने बताउनुभयो । “यस्ता अपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अन्तर्राष्ट्रियस्तरमा असल अभ्यास, विशेषज्ञता एवम् आपसी सूचना आदानप्रदान गर्न आवश्यक छ । साथै समाजलाई शान्त, सुरक्षित एवम् भयरहित बनाउन सबैको संयुक्त प्रयास हुनुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीले कानुन कार्यान्वयन गर्दै शान्ति सुव्यवस्था कायम राख्न निर्वाह गरेको भूमिका प्रंशसनीय रहेको बताउनुभयो । यस कार्यक्रमले कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय र सहयोगका लागि संयुक्त प्रतिबद्धता प्रतिबिम्बित गरेको धारणा राख्नुभयो । “नेपाल प्रहरीले अन्तर्राष्ट्रियस्तरमा गरेको समन्वय र सहयोग उल्लेखनीयर प्रशंसनीय रहेको छ । अपराधलगायतका चुनौती सामना गर्न आगामी दिनमा सुरक्षा निकायलाई थप मजबुद बनाउँदै लैजानेमा गृहमन्त्रालय क्रियाशील छ”, उहाँले अगाडि भन्नुभयो ।

यस्तै, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले सङ्गठित अपराध, साइबर अपराध, आतङ्कवादलगायत गतिविधि नियन्त्रण गर्न र शान्ति सुव्यवस्था बलियो बनाउन कानुन कार्यान्वयन गर्ने निकायबीच संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले कुनै पनि प्रकृतिका आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले कानुन कार्यान्वयन गर्ने निकायबीच संयुक्त सहकार्य र आवश्यक सहयोग आदानप्रदान गर्दै जटिल अपराध तथा अन्य सुरक्षा चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्न सकिने बताउनुभयो । रासस