७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

राहुघाट जलविद्युत् आयोजना निर्माण प्रभावित

राहुघाट जलविद्युत् आयोजना निर्माण प्रभावित
अ+ अ-

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको निर्माण कार्य सुस्ताएको छ ।

भारतीय सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सका मजदुरहरुले समयमा पारिश्रमिक नपाउँदा म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत्को बाँध, सुरुङ र विद्युत्गृह निर्माण कार्य सुस्ताएको हो । आयोजना प्रमुख राजबहादुर बिष्टले सिभिल ठेकेदारका मजदुरहरुको आन्दोलनका कारण निर्माण कार्य प्रभावित बनेको बताउनुभयो ।

“केही महिनायता सिभिल ठेकेदार जेपीका मजदुरहरुले काम छोडेर जाने र भएकाले पनि कार्यस्थलमा ताला लगाएर आन्दोलन गरेका छन्,” उहाँले भन्नुभयो, “आयोजनाका तर्फबाट भुक्तिनामा समस्या छैन ।” निर्माण कम्पनीको आन्तरिक समस्याका कारण मजदुर तथा कर्मचारीहरुले समयमा ज्याला पाउन नसकेको आयोजना प्रमुख बिष्टले बताउनुभयो ।

जेपीका करिब सात सयजना मजदुरहरु राहुघाटमा कार्यरत छन् । सुरुङ निर्माण रोकेर आन्दोलनमा उत्रिएका मजदुर र निर्माण कम्पनीका प्रतिनिधिहरूबीच शुक्रबार भएको छलफलमा समयमै पारिश्रमिक दिने प्रतिबद्धता भएपछि शनिबारदेखि निर्माण कार्य सञ्चालन भएको जेपीका वरिष्ठ व्यवस्थापक राम सिंहले बताउनुभयो ।

हरेक महिनाको तलब अर्को महिनाको १५ तरिकमा दिने गरेको थियो । यस पटक एक महिनाको तलब भुक्तानी गर्न ढिलाइ भएकाले मजदुरहरू समस्यामा परेका छन् । शुक्रबार जुलाई महिनाको तलब भुक्तानी गरिएको र अगस्त महिनाको आगामी २० तारिकभित्र पारिश्रमिक भुक्तानी गर्ने सहमति भएपछि आन्दोलन फिर्ता गरेर मजदुरहरु काममा फर्किएको व्यवस्थापक सिंहले बताउनुभयो ।

भारतीय आयात–निर्यात ९एक्जिम० बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्ससँग २०७४ मङ्सिरमा सम्झौता भएको थियो ।

गत साउन १५ गते जोडिएको छ हजार दुई सय ७० मिटर लामो सुरुङलाई कङ्क्रिट र विद्युत् गृहको पूर्वाधार निर्माणको काम भइरहेको छ । बाँध निर्माण स्थलमा बाढी आएर थुप्रिएकाले असारयता निर्माण भएको छैन । ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ ।

सिभिलतर्फको समग्रमा भौतिक प्रगति करिब ६० प्रतिशत रहेको आयोजना प्रमुख विष्टले बताउनुभयो । विसं २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड ९भेल०ले भारतमा निर्माण गरेका उपकरणको परीक्षण गरी आयातको प्रक्रिया अघि बढाएको छ । इलेक्ट्रोमेकानिकलतर्फको २५ प्रतिशत भौतिक प्रगति भएको छ ।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना निर्माण अघि बढाइएको थियो । पहिलो कार्यतालिका र सम्झौताअनुसार आयोजना विसं २०७० मा सकिनुपर्ने थियो । पहिले ३२ मेगावाटमा डिजाइन गरिएकामा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पुर्‍याइएको हो ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ नं वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त ९पिआरओआर० प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युत्गृहको संरचना निर्माण भइरहेको छ । बेनी–जोमसोम–कोरला सडकको घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एकवटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत्गृह र बाँधलाई सिधा सडकले जोडिएको छ । आगामी साउनभित्र राहुघाटको परीक्षण उत्पादन गर्ने लक्ष्य राखिए पनि सिभिल ठेकेदार कम्पनीमा देखिएको आर्थिक सङ्कट चुनौती बनेको छ । रासस