१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व फुटबलमा रोनाल्डोले राखे अर्को कीर्तिमान



अ+ अ-

काठमाडौँ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमान बनाएका छन् । ३९ वर्षीय रोनाल्डो सक्रिय खेलजीवनमा नौ सय गोलको कोषेढुंगा पार गर्ने विश्वकै पहिलो खेलाडी बने ।

नेशन्स लिग फुटबल अन्तर्गत पोर्चुगलले क्रोएसियामाथि २–१ गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्यो । उक्त खेलमा रोनाल्डोले पनि एक गोल गरे ।

त्योसँगै रोनाल्डो नौ सय गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका हुन् । रोनाल्डो पोर्चुगलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी पनि हुन् ।

उनले पोर्चुगलका लागि गरेको गोल सङ्ख्या एक सय ३१ पुगेको छ ।

राष्ट्रिय टोली र विभिन्न क्लबमा गरेको गोललाई मिलाएर रोनाल्डोको गोल सङ्ख्या नौ सय पुगेको हो ।

हाल साउदी क्लब अल नासरमा आबद्ध रोनाल्डोले स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्ट्स र अल नासरबाट व्यावसायिक फुटबल खेल्दै यी गोल गरेका हुन् ।