• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

राखेप सदस्य कुसारीलाई नहटाउन सर्वाेच्च अदालतकाे अन्तरिम आदेश



काठमाडौं । सर्वाेच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का सदस्य प्रकाश कुमार कुसारीलाई तत्काल पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल ईजालासले कुसारीलाई तत्काल पदबाट नहटाउन आदेश दिएको हो । सरकारले नेतृत्व परिवर्तन भएसँगै मन्त्रिस्तरिय निर्णयबाट युवा तथा खेलकुद मन्त्रालयले उहाँलाई हटाउने निर्णय गरेको थियो । मन्त्रालयको निर्णय विरुद्ध कुसारीले सर्बोच्चमा रिट दायर गर्नुभएको थियो ।

एकै प्रकृतिमा नियुक्ति भएकाहरुका बारेमा सरकार पुर्बाग्रही भएर केही सदस्यलाई मात्र हटाउने निर्णय सरकारले गरेका कारण आफू अदालतको ढोकामा पुगेको कुसारीले बताउनुभयो । अदालतले अन्तरिम आदेश दिँदै कुसारीलाई हटाउनका कारण पेश गर्न सरकारसँग जवाफ माग गरेकाे छ ।