२१ आश्विन २०८१, सोमबार
,
Latest
युनाइटेडको खराब लय जारी, एस्टन भिल्लासँग बराबरीमा रोकियो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति निर्वाचनः तीन पार्टीसँग एमालेले माग्यो मत



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै गर्दा थप तीन राजनीतिक दलसँग मत मागेको छ । एमालेले शुक्रबार लोकतान्त्रिक समाजावादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग मत मागेको हो ।

ती पार्टीका कार्यालयमा गई एमालेले आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बन्नु भएका सुवासचन्द्र नेम्वाङलाई मत मागेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । राष्ट्रपतिका उम्मेदवार नेम्वाङसहित पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ्, सचिव योगेश भट्टराई, पोलिटब्यूरो सदस्य ठाकुर गैरसहितको टोली मत माग्नका लागि जानुभएको थियो ।

लोसपाका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सिके रावतलाई भेटी उहाँहरूले मत माग्नुभएको हो । बिहीबार पनि एमालेले राष्ट्रपतिका उम्मेदवार नेम्बाङलाई मत माग्नका लागि नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग मत मागेको थियो । यही फागुन १७ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई भेट गरी राष्ट्रपतिमा नेम्वाङलाई मत माग्नुभएको थियो ।

यसअघि एमालेले नेपाली कांग्रेस बाहेक अन्य दलसँग आफ्नो पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्नुभएका नेम्वाङलाई मत माग्दै पत्राचार गरेको छ । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा एमालेका तर्फबाट नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेलको उम्मेदवारी परेको छ । रासस