१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटना: रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै गुरु किन चाहियो ?  सुनसरी घटना: आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न प्रधानमन्त्री शाहको अपिल सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकको ऋण नतिर्ने हल्लाको पछि नलाग्न आग्रह



अ+ अ-

भैरहवा । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्ला केही दिनयता बैंकबाट लिएको ऋण नतिर्ने भन्नेजस्तो चर्चा सुनिएको भन्दै यस्तो हल्लाको पछि नलाग्न सबै उद्योगी, व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६४औँ साधरणसभाको आज भैरहवामा उद्घाटन गर्दै उहाँले केही समययता बैंकको ऋण नतिर्ने जस्ता विषयमा हल्ला सुरु भएका र यसबाट अराजकता सिर्जना हुने भन्दै त्यस्ता हल्लाको पछि कोही पनि व्यवसायी लाग्न नहुने धारणा राख्नुभयो ।

उहाँले बैंकको ब्याजदर ‘सिङ्गल डिजिट’ हुनुपर्ने पक्षमा आफू रहेको भन्दै यदि त्यसो भएमा धेरै व्यवसायीलाई राहत हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी निजी क्षेत्रका तर्फबाट व्यवसायीको हितमा हुनेगरी सधैँ पहल गरिरहेका छौँ । बैंकिङ ब्याजदरको विषयमा पनि सरकारसँग बारम्बार छलफल गरिरहेका छौँ । देशमा व्यावसायिक एवं लगानीमैत्री वातावरण निर्माण गर्ने काममा हामी सदैव लागिपरेका छौँ ।”

वरिष्ठ उपाध्यक्ष ढकालले देशको अर्थतन्त्रको अवस्था हेरेर व्यवसायीहरूले धैर्यधारण गनुपर्ने बेला आएको पनि बताउनुभयो । उहाँले उद्योग व्यवसायमा धैर्य धेरै चाहिने र यसबाट मात्र व्यावसायिक सफलता हात लाग्ने उहाँले सुझाव दिनुभयो ।

सो अवसरमा उद्योग वाणिज्य सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, पूर्वअध्यक्ष ओमकार गौचन र सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले मुलुकको अर्थतन्त्र डगमागाएको अवस्था देखिएकाले सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उहाँहरूले सरकारले बजेट व्यक्तव्यमा उल्लेख गरेका उत्पादनमूलक व्यवसायलाई अन्य उद्योगभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्ने व्यवस्थालाई यथाशीघ्र कार्यान्वयन गर्ने व्यवस्था मिलाउन पनि आग्रह गर्नुभयो ।

त्यसैगरी रुपन्देहीका उद्योगी व्यवसायीले नेपालको अर्थतन्त्र जोगाउन तत्काल बजारमा तरलता प्रवाह गर्न आवश्यक रहेको बताउनुभयो । उहाँहरूले बैंक तथा वित्तीय संस्थाको आधार दर नघट्दासम्म ब्याजदर कम नहुने भएकाले अर्थतन्त्र जोगाउनका लागि तत्काल बजारमा तरलता प्रवाह गर्न आवश्यक रहेको बताउनुभएको हो । कृषिमा हुनुपर्ने आधुनिकीकरण र यान्त्रिकीकरणका साथै कृषिमा व्यावसायीकरण हुनु आवश्यक रहेकोमा उहाँहरूको जोड थियो । रासस