२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले विवादः दोस्रो तहका नेता निर्णायक वार्तामा



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को विवाद समाधानका लागि निरन्तर वार्तामा रहेका दोस्रो तहका नेताहरु आज निर्णायक छलफलमा जुटेका छन् । 

सहमतिका लागि तयार पारिएको मस्यौदामा अध्यक्ष केपी शर्मा ओली सहमत भए पनि वरिष्ठ नेता माधव नेपालले असहमति जनाउँदै आएका छन् । 

वरिष्ठ नेता नेपाललाई मनाउन पार्टी उपमहासचिव घनश्याम भुसाल नेपालनिवास कोटेश्वर पुगेका छन् । भुसाल फर्किएपछि वार्ता थप अघि बढ्ने स्रोतले बताएको छ ।

ललितपुरको सानेपास्थित होटल समिटमा जारी वार्तामा अध्यक्ष ओली पक्षबाट  विष्णु पौडेल, सुवास नेम्वाङ र शंकार पोखरेल सहभागी छन् भने नेपाल पक्षबाट नेताहरु सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्टको उपस्थिती छ ।