काठमाडौं । नेकपा (एमाले)को विवाद समाधानका लागि निरन्तर वार्तामा रहेका दोस्रो तहका नेताहरु आज निर्णायक छलफलमा जुटेका छन् ।
सहमतिका लागि तयार पारिएको मस्यौदामा अध्यक्ष केपी शर्मा ओली सहमत भए पनि वरिष्ठ नेता माधव नेपालले असहमति जनाउँदै आएका छन् ।
वरिष्ठ नेता नेपाललाई मनाउन पार्टी उपमहासचिव घनश्याम भुसाल नेपालनिवास कोटेश्वर पुगेका छन् । भुसाल फर्किएपछि वार्ता थप अघि बढ्ने स्रोतले बताएको छ ।
ललितपुरको सानेपास्थित होटल समिटमा जारी वार्तामा अध्यक्ष ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ र शंकार पोखरेल सहभागी छन् भने नेपाल पक्षबाट नेताहरु सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्टको उपस्थिती छ ।