६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग टूः नेपालले पिएनजीलाई हरायो



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले लगातार पाँचौं जित निकालेको छ ।

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई चार विकेटले हराएको हो । जितका लागि २०४ रनको लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेटको क्षतिमा २८ बल बाँकी छँदै लक्ष्य भेटायो ।

नेपालका लागि कुशल भुर्तेलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । ६९ बल खेलेका उनले ५ चौका प्रहार गरे । यस्तै, आशिफ शेखले ३९ बलमा ४४ रनको योगदान दिँदा राहित पौडेलले २१ बलमा २० रन जोडे । दिपेन्द्र सिंह ऐरीले ३९ बलमा १७ रन जोडे ।

पिएनजीका अशाद भालाले ३ विकेट लिए भने नर्मान भनुआ र सेसे बाउले एक–एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा नौ गुमाउँदै दुई सय तीन रनको योगफल बनायो ।

पपुवा न्युगिनीका लागि चाड सोपरले अविजित ३६ रन बनाए भने कप्तान असाद भालाले ३६, सेसे बाउले ३१, किपीलन डोरिगाले २९, नोर्मन भानुआले २५ र हिरी हिरीले १० रन जोडे ।

नेपालका लागि गुल्सन झाले ३ विकेट लिए भने कुशल मल्लले दुई तथा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले समान १–१ विकेट लिए ।